कर्णाली प्रदेशका पाँच जिल्लामा १९६५ वटा छाउगोठ भत्काइए

2020-02-04

धनगढी - छाउगोठ भत्काउने अभियानअन्तर्गत एक महिनामा कर्णाली प्रदेशका पाँच जिल्लामा एक हजार नौ सय ६५ वटा छाउगोठ भत्काइएका छन् । कर्णाली प्रदेशको सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट र सल्यान जिल्लाका छाउगोठ भत्काइएका हुन् ।

सरकारले एक महिनाअघिदेखि कर्णाली र सुदूरपश्चिममा छाउगोठ भत्काउने अभियान सञ्चालन गरिरहेको छ । गृह मन्त्रालयको निर्देशनमा जनप्रतिनिधिको अगुवाइ र स्थानीय प्रशासनको समन्वयमा छाउगोठ भत्काउने अभियान चलिरहेको छ ।

कर्णालीका पाँच जिल्लामध्ये सुर्खेतमा सबैभन्दा बढी एक हजार ६ सय ७१ छाउगोठ भत्काइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । दैलेखमा दुई सय ५९, जाजरकोटमा १३, कालिकोटमा २० र सल्यानमा दुईवटा छाउगोठ भत्काइएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी लोकनाथ तिम्सिनाले जानकारी दिए । ‘हामी स्थानीय तहका जनप्रतिनिधि, स्थानीय र प्रहरी प्रशासको सहयोगमा छाउगोठ भत्काउने अभियान चलिरहेको छ,’ उनले भने, ‘छाउगोठ कति छन् भनेर तथ्यांक पनि संकलन गरिरहेका छौँ ।’

पाँच जिल्लामा जनचेतनामूलक कार्यक्रम
कर्णाली पाँच जिल्लामा छाउगोठ भत्काउने अभियानसँगै अन्य जिल्लामा अहिले जनचेतनामूलक अभियान सञ्चालन गर्न थालिएको छ । पश्चिम रुकुम, जुम्ला, मुगु, हुम्ला र डोल्पा जिल्लामा स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन कार्याल, प्रहरीका युनिट तथा स्थानीको सहभागितामा जनचेतनामूलक अभियान सञ्चालन गरिएको कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी पूर्णचन्द्र जोशीले बताए । ‘अहिले पाँच जिल्लामा छाउगोठ भत्काउने अभियान सञ्चालनमा छ,’ डिआइजी जोशीले भने, ‘अन्य जिल्लामा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ ।’

सुर्खेतमा २२ सय छाउगोठ
सुर्खेतको बराहताल, चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकामा दुई हजार दुई सय छाउगोठ रहेका अभियन्ताले अनुमान गरेका छन् । सुर्खेतमा छाउगोठ भत्काउने अभियानका नेतृत्वकर्ता नवराज शर्माले भने, ‘जिल्लाभर हामीले दुई हजार दुई सय छाउगोठ रहेको अनुमान गरेका छौँ । अब पाँच सयजति छाउगोठ भत्काउन बाँकी छन् ।’ कालिकोटको नरहरिनाथ र सान्नी त्रिवेणी गाउँपालिकामा करिब एक सय छाउगोठ रहेको अनुमान छ । जिल्ला प्रशासन कार्यालय कालिकोटका सूचना अधिकारी बमबहादुर नेपालीले नरहरिनाथ र सान्नी त्रिवेणीमा एक सयभन्दा बढी छाउगोठ रहेको जानकारी दिए । जुम्लामा भने छुट्टै छाउगोठ रहेको पाइएको छैन ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ