कोरोना भाइरसका बारेमा अमेरिकाले अफवाह फैलायो : चीन

2020-02-04

एजेन्सी - अमेरिकाले कोरोना भाइरसका बारेमा वास्ताविकताभन्दा बढी हल्ला चलाएर त्रास फैलाएको चीनले आरोप लगाएको छ।

चीनबाट सुरु भएको कोरोना भाइरस नियन्त्रण हुन नसकिरहेको विषयलाई अमेरिकाले गलत तरिकाले व्याख्या गरेको चिनियाँ विदेश मन्त्रालयले सोमबार जनाएको छ। विदेश मन्त्रालयका प्रवक्ता हु चुन्यीङले विश्व समुदाय जिम्मेवार, शान्त र गम्भीर हुने विश्वास पनि व्यक्त गरिन्। उनले वैज्ञानिक तथ्यलाई आधार मान्ने र समस्याको समाधान गर्न तथा सामना गर्न तयार रहनु पर्नेमा पनि जोड दिइन्।

'धेरै देशहरुले कोरोना भाइरससम्बन्धी समस्यासँग जुध्न चीनलाई सहयोग गर्न खोजीरहेका छन्, चासो दिइरहेका छन्,' उनले भनिन्। महामारीबाट जोगिने बलियो क्षमता भएका अमेरिकाजस्ता विकसित देशले नै विश्व स्वास्थ्य सङ्गठनको सिफारिसभन्दा विपरीत प्रतिबन्धहरू लगाउने कार्य गर्नु अस्वभाविक भएको उनको भनाई छ।

अमेरिकाले प्रतिबन्ध लगाएलगत्तै अस्ट्रेलियाले पनि आफ्नो देशमा चिनियाँ नागरिकको आवागमनमा प्रतिबन्ध लगाएको छ। सोमबार नै हङ्कङले पनि चीनसँग जोडिएका १३ मध्ये १० वटा सीमाबाट मध्यरातदेखि मानिसको आवागमन रोक्ने जनाएको छ। विश्व स्वास्थ्य सङ्गठनले यात्रुहरू अनौपचारिक रूपमा देश प्रवेश गरे त्यसले झन् भाइरसको सङ्क्रमण बढाउन सक्ने भन्दै सीमा बन्द गर्ने निर्णयप्रति सतर्क गराएको छ।

यही जनवरी ३० तारिखमा विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी रूपमा स्वास्थ्य सङ्कटकाल घोषणा गरेको थियो। उक्त घोषणापछि अमेरिकाले आफ्ना सबै कर्मचारीका परिवारका २१ वर्षमुनिका सदस्यलाई अमेरिका फर्किन निर्देशन दिएको थियो।

प्रवक्ता चुन्यीङले कोरोना भाइरसको संक्रमण आफ्नो देशमा नछिरोस भनेर नाकाहरुमा परिक्षण गर्ने, चेकजाँचमा कडाई गर्ने, नाका बन्द गर्ने, चिनियाँ नागरिकलाई प्रवेश नदिने लगायतका कार्यको आफूहरुले सम्मान गर्ने पनि उल्लेख गरिन्। चीनको हुवेइ प्रान्त अन्तर्गत पर्ने वुहानमा गत डिसेम्बरमा पहिलो पटक देखिएको कोरोना भइरसका कारण अहिलेसम्म चीनका सयौँको मृत्यु भइसकेको छ भने चीनसहित विभिन्न देशका हजारौमा सङ्क्रमण देखिएको छ।

चीन बाहेक गत आइतबार फिलिपिन्समा एक जनाको यही भाइरसका कारण मृत्यु भएको पुष्टि गरिएको छ। चीनमा १७ हजारभन्दा बढी मानिसमा कोरोनाभाइरस देखा परेको पुष्टि भइसकेको छ भने चीनमा मात्रै करिब ३६१ जनाको ज्यान गइसकेको छ।




थप समाचार


युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु

युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु

काठमाडौं - युक्रेनमा एक सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । खार्किभ एयर फोर्स विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थी सवार विमान अवतरणको क्रममा युक्रेनको ...

टर्कीका राष्ट्रपतिको काश्मिरी टिप्पणीमाथि भारतको आपत्ति

टर्कीका राष्ट्रपतिको काश्मिरी टिप्पणीमाथि भारतको आपत्ति

एजेन्सी - टर्कीका राष्ट्रपति रेसेप तायिप इर्दोगानले कश्मीरका विषयमा गरेको टिप्पणीप्रति भारतले आपत्ति जनाएको छ। राष्ट्रसंघीय सभालाई सम्बोधन गर्दै इर्दोगानले गरेको टिप्पणीप्रति राष्ट्रसंघका लागि भारतीय ...

जापानको प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित

जापानको प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित

टोकियो - जापानको नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित भएका छन्। तत्कालीन प्रधानमन्त्री सिन्जो आबे सरकारका प्रवक्तासमेत रहेका सुगा पूर्वमुख्यसचिवसमेत हुन्। आबेको राजीनामालगत्तै उनलाई पार्टीकै कतिपय ...




ट्रेन्डिङ