स्वामीको बृक्षलाई साक्षी राखेर विद्यालयको बार्षिकउत्सव

2020-02-01

दिवाकर पोख्रेल
देउखुरी, माघ । मंचको बिचमा स्वामीको सानो बिरुवा राखिएको छ । अतिथिहरु पछाडी बसेका छन् । सबैको अघि स्वामीको बिरुवा साक्षी छ । कार्यक्रमको उद्घाटनको समय भयो उदघोषकले प्रम्ख अतिथिलाई कार्यक्रम उद्घाटन गर्नको लागि अघि मंचमा बोलाए । कार्यक्रमका प्रमुख अतिथि लमही नगरपालिका प्रमुख कुलवहादुर केसीले आमखोरामा जल बोकेर जानुभयो । सहभागि सबै अच्चम्ममा परे । धेरै कार्यक्रममा प्रमुख अतिथिले उद्घाटन गदा कित ब्यानर खोलेर कित दियो बालेर उद्घाटन गर्ने कार्यक्रममा यहाँ भने स्वामीको बिरुवामा जल चढाएर उद्घान भयो ।


दाङ स्थित लमहीमा रहेको ज्योतिक्ष्मति बिद्यापिठको १४ बार्षिक उत्सव कार्यक्रममा देखिएको दृश्य हो यो । प्रत्येक बर्ष बार्षिक उत्सव गर्दा आध्यात्मिक शन्देश दिने गरी गर्ने कार्यक्रम गर्ने उक्त विद्यालयले यसपाली पनि बिल्कुलै नयाँ तर आध्याधिक शैलिबाट शूरुवात गरेको छ । स्वामीको बिरुवा पर्यवरणीय हिसावले, बैज्ञानिक हिसावले र आध्यामिक हिसावले पनि महत्वपुर्ण रहेकोले स्वामीको विरुवामा चल चढाएर कार्यक्रमको शुरुवात गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्तराज अधिकारीले जानकारी दिनुभयो ।


संस्थागत विद्यालयले अंग्रेजी सिकाउन मात्रै जोड दिदैनन,संस्कार र भावातीत ज्ञान पनि सिकाउँछन भन्ने शन्देश दिन प्रत्येक बर्ष नयाँ विधि पुर्वक गर्ने गरेका छौ, अधिकारीले भन्नुभयो । विद्यालयले यसरी संस्कृति संरक्षण र वाताबरणीय संरक्षणमा जोड दिदै गरेको कार्यक्रमबाट सहभागि पनि खुसी भएका छन । विद्यालयले संस्कृति संरक्षणमा जोड दिएको पाइन्छ भने वोटविरुवाको संरक्षण गर्नुपर्छ भन्ने शन्देश पनि दिएको छ, शिक्षाप्रेमी दामोदर पोण्डेले भन्नुभयो । यसो त स्वामीको बिरुवालाई ग्रह नक्षेत्रसंग सम्बन्ध राख्ने हुनाले स्वामीको विरुवालाई महत्वपुर्ण विरुवा मानिने विश्व शान्ती प्रतिष्ठान नेपालका भावातीत ध्यान शिक्षक नारायण आर्य धिमालले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्तराज अधिकारीको अध्यक्षता तथा नगर प्रमुख कुलवहादुर केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमममा प्रमुख अतिथि नगर प्रमुख केसीले विद्यालयको संस्कार युत्त शिक्षाको प्रशशा गर्नुभयो । कार्यक्रममा विद्यालयका विद्यार्थीले शारिरीक कला , योगकला सहित बिभिन्न प्रस्तुती प्रदर्शन गरेका थिए । विद्यालयले सामाजिक सम्मान कार्यक्रमलाई पनि यस वर्ष निरन्तरता दिएको छ । जसमा यस वर्ष पत्रकारिता क्षेत्रबाट योगदान पु¥याएबाफत पत्रकार राधेश्याम गुप्ता, शिक्षा क्षेत्रबाट योगदान पु¥याए बापत आदर्श माविदेउपुरकाका पुर्व प्रधानाध्यापक शशिधर ज्ञवाली र आदर्श मावि लालमटियाका पुर्व प्रधानाध्यापक दामोदर पाण्डेलाई सम्मान गरिएको छ ।
विद्यालयमा २०६९ साल देखी संस्कृत शिक्षाको अध्यापन हुदै आएको छ । यस्तै नियमित योग अभ्यास,भावातीत ज्ञान पनि प्रर्दान गर्दै आइरहेको छ । विद्यालयको अतिरिक्त क्रियाकलापबाट विद्यार्थी र अभिभावक खुसी छन । हामी संस्कृत श्लोक पढन अप्ठारो मान्नुपर्दैन सजिलै पढने गछौ, ज्ञान कहिल्यै नकरात्मक हुँदो रहीनछ, विद्यालयका विद्यार्थी अनुप भुसालले भन्नुभयो ।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ