एसएसपी सौरभ राणालाई पक्राउ गर्ने तयारी, जबरजस्तीकरणी मुद्दा चलाइने !

2020-01-31

काठमाडौं - प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ शमशेर राणालाई पक्राउ गर्ने तयारी गरिएको छ । एक महिलामाथि यौन हिंसा गरेको उजुरी परेपछि उनलाई गृहमन्त्रालयले निलम्बन गरिसकेको छ । उनी संघीय प्रहरी कार्यालय धरानमा कार्यरत थिए ।

यौन हिंसाको गम्भीर आरोप लागेपछि बहाल रहेको अवस्थामा प्रमाण नष्ट गर्नसक्ने भन्दै उनलाई गृहमन्त्रालयले निलम्बन गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दियो।

राणाजस्तै प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाका एसएसपी राकेश सिंहविरुद्ध पनि यौन हिंसाको आरोप लागेको छ। उनीमाथि भने अहिलेसम्म कुनै कारबाही हुन सकेको छैन।

प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाका एसएसपी सिंहले आफू मातहतको कार्यालयकै महिला कर्मचारीलाई यौन शोषण गरेको आरोप लागेको हाे। तर, यस विषयमा प्रहरी प्रधान कार्यालयले भने कुनै प्रक्रिया अघि बढाएको छैन। प्रहरी अधिकारीहरूका अनुसार पीडक (एसएसपी सिंह) र पीडितबीच सहमतिमा नै यौन सम्बन्ध भएको र पीडितसमेत नखुलेकाले कारबाही प्रक्रिया अघि बढाउन नसकिएको प्रतिक्रया दिएका छन्।

यौन शोषण गरेको भन्दै १६ महिनाअघि प्रधानमन्त्री कार्यालयमा हालिएको उजुरीमाथि अझै छानबिन हुन नसकेको हाे। प्रधानमन्त्री कार्यालयमार्फत् गृह हुँदै प्रहरी प्रधान कार्यालयमा नै पुगेको उक्त उजुरीको फाइल गोप्य राखिएको छ।

एसएसपी सिंह र तल्लो दर्जाकी महिला प्रहरीबीचको यौन संवादको अडियोसहित परेको उजुरीमा प्रहरी प्रधान कार्यालयको प्रहरी निरीक्षणालयका डिआइजी मनोज नेउपानेले यस्ता बेनामी उजुरी धेरै आउँने भन्दै थन्क्याउन लगाएका थिए। स्राेतका अनुसार उनकै निर्देशनमा उक्त फाइल अझै पेन्डिङमा छ।

जबरजस्तीकरणीको कसूरमा मुद्दा चलाउने तयारी
स्रोतका अनुसार एसएसपीराणालाई पक्राउ जबरजस्तीकरणीको कसूरमा मुद्दा चलाउने तयारी छ । राणाविरुद्ध बिहीबार बेलुकी जबरजस्तीकरणीको कसूरमा किटानी जाहेरी परेपछि पक्राउ गरि अनुसन्धानका लागि अदालतबाट म्याद लिने तयारी थालिएको छ । जिल्ला प्रहरी कार्यालय, सुनसरीका एक अधिकृतले भने, ‘जाहेरी दर्ता भइसकेको छ । अब अदालतबाट पक्राउ गर्न अनुमति माग्ने तयारी भइरहेको छ ।’

अहिले पीडित महिलालाई स्वास्थ्य परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । बिहीबार ढिला गरी जाहेरी परेकाले शुक्रबार मात्र स्वास्थ्य परीक्षण गरिएको बताइएको छ ।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ