बन्दुक बोकेका हात उद्यमतर्फ लम्कदै

युद्धको पछुतो छैन,अब युद्ध नहोसः पुर्व जनमुक्ती सेना

2020-01-31

दिवाकर पोख्रेल
देउखुरी, माघ । दाङको दङगीशरण गाउँपालिका वडा नम्बर ५ निवासी हिरालाल चौधरीले अहिले बङ्गुर पालन गर्नुभएको छ । उहाँको खोरमा अहिले ५२ वटा बङ्गुर छन् । दुइबर्ष देखि बङ्गुर फर्म शुरु गर्नुभएको चौधरीलले बङ्गुर बिक्रीबाट सातलाख रुपियाँ आम्दानी गरिसक्नुभएको छ ।
सशस्त्र युद्धको समय बन्दुक बोकर परिवर्तनको पक्षमा लाग्नु भएका पूर्व जनमुक्ती सेना हिरालाल चौधरीले युद्धको समयमा धेरै दुख कस्ट ब्यहोरेपनि पहिलेको दुख पिडा विर्सदै जानुभएको छ । जनमुक्ती सेनामा हुँदा बज्र नाममा बिग्रेड कमान्डरको जिम्मेबारी समाल्नु भएका हिरालाल चौधरीले सेना समायोजनाको क्रममा स्वच्छीक अवकास राजेपछि सरकारबाट प्राप्त गर्नुभएको सातलाख रुपियाँबाटै बङ्गुर फर्म शुरु गरेको बताउनुभयोे ।


यस्तै राप्ती गाउँपालिका वडा नम्बर २ मुक्तीनगरका पहलमान चौधरीले गाउँमै कुखुरा फर्म गर्नुभएको छ । कुखुरा फर्मबाट उहाँले मासिक ५० हजार बढी आम्दानी गर्दै आउनुभएको छ । सेना समायोजन क्रममा स्वच्छीक अवकास रोज्नुभएका चौधरीले राजनीति र व्यपार संगसंगै लग्नुभएको छ । उहाँ अहिले नेपाल कम्युनिष्ट पाटीको राप्ती गाउँपालिका सचिवालय सदस्य हुनुहन्छ । अबकास लिएपछि पाएको पाँचलाख रुपियाँको जगबाट उहाँले अहिले कुखुरा फर्मपनि बढाइसक्नु भएको छ । अबकासमा पाएको रकमबाट ,फर्मको शुरुवात गरेको हुँ, अहिले मासिक करिव ५० हजार आम्दानी हुन्छ, चौधरीले भन्नुभयो ।


राप्ती गाउँपालिकाकै विष्णु पौडेलले लालमटीयामा रेस्टुरेन्ट खोल्नुभएको छ । विष्णुले रेस्टुरेन्टबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । शुरुवाती चरणमा काम नसिक्दा समस्या भयो । अहिले सबै काम जानेपछि रेस्टरेन्टपनि राम्रो चलेको छ, मासिक ३० देखि ४० हजार आम्दानी हुन्छ, पौडेलले भन्नुभयो । सोही गाउँका राजकुमार लामाले बाख्रापालन र कुखुरा फर्म संगै तरकारी खेती गर्दै आउनुभएको छ । लामाले पनि कुखुरा बख्रूा र तरकारी खेतीबाट राम्रो आम्दानी गर्नुभएको छ । घरपरिवार चलाउन सहजिलो छ, ब्यापार गरेपछि आम्दानी गर्न समय लाग्दो रहिनछ,लामाले भन्नुभयो । पुर्वजनमुक्ती सेनाहरु अहिले आयआर्जन तर्फ लाग्न थालेका छन् । तत्कालिन समयमा दाङमा जनमुक्ती सेना कति थिए भन्ने एकिन तथ्याङ नपाइएपनि दाङमा दुइहजार दुइसय हाराहारीमा जनमुक्ती सेना रहेको पाइएको छ । बाइसयको हाराहारीमा हुनुपर्ने हो, केहि साथिहरु पाटीमा हुनुहुन्छ, केही विदेशमा हुनुहुन्छ, नेपालमा भएकाहरु आयआर्जन घर व्यवहारमा पनि लाग्नु भएको छ, तत्कालिन बिग्रेड कमान्डर समेत रहनुभएका हिरालाल चौधरीले भन्नुभयो ।
तत्कालिन समयमा बन्दुक बोकेर युद्धमा जाँदाको पछुतो उहाँहरुलाई छैन । आफुहरुको अथक त्याग, मेहनतका कारण देशमा परिवर्तन सम्भव भएकोमा पूर्वजनमुक्ती सेनाको भनाइ छ । सधै युद्ध सम्झन आवश्यक पनि छैन,अहिले घव्यवहार र आयआर्जनमा लागेका साथिहरु छौ, पुर्व जनमुक्ती सेनालाई सहयोग भइरहेको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का केन्द्रिय सदस्य निर्मल आचार्यले जानकारी दिनुभयो । उहाँहरुलाई व्यवसायीक बनाउनकोृ लागि पाटीले पनि सहयोग गरेकोछ, स्थानीय प्रदेश र केन्द्रिय सरकारसंग पनि पटक पटक कुराहरु भइरहेका छन्, आचार्यले भन्नुभयो ।
जनमुक्ती सेनाको महिला संस्थालाई देशभर सक्रिय बनाउने प्रयास पनि थालिएको छ । पुर्व जनमुक्ती सेना महिला प्रतिस्ठान नेपाल नाम दिएर देशभरका महिलाजनमुत्ती सेनालाई आयआर्जनमा लगाउने प्रयास थालिएको प्रतिष्ठानकी केन्द्रिय संयोजक लिला शर्माले जानकार िदिनुभयो । देशभर पाँचहजार सदस्यता वितरण गरिसकेका छौ,उहाँहरुलाई आयआर्जन र क्षमता विकास तालिम दिएर सक्षम बनाउने योजनाका साथ लागेका छौ, लिलाले भन्नुभयो । ११ वटा जिल्लामा प्रतिष्ठानको शाखा विस्तार गरिएको छ । जसले स्थानीय,प्रदेश र संघीय सरकारबाट अनुदान माग गरी सिपमुलक कार्यक्रमहरु संचालन गरिरहेको छ । प्रत्येक शाखाले बर्षमा २० लाख भन्दा बढीको कार्यक्रम गर्दै आएका छन् । जसबाट महिला पूर्व जनमुक्ती सेनाको क्षमता विकास र आयआर्जनमा थप टेवा मिलेको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ