नेकपा केन्द्रिय कमिटि बैठक : ३३ पाने राजनीतिक प्रतिवेदनका मुख्य ११ बुँदा

2020-01-30

काठमाडौं - २० महिनापछि बसेको नेकपाको केन्द्रिय कमिटिको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको संयुक्त राजनीतिक प्रतिवेदन चीनप्रति लचिलो र अमेरिकाप्रति आक्रामक देखिएको छ।

यस अगाडि प्रमुख प्रतिपक्षीप्रति आक्रामक बन्ने गरेको नेकपाको राजनीतिक प्रतिवेदनमा यस पटक नेपाली कांग्रेसप्रति लचिलो देखिएको छ। कांग्रेस पूँजीवादी वर्गको प्रतिनिधित्व गर्ने पार्टी भएको, ढुलमुले, सम्झौता परस्त र दलाल प्रवृत्तिका कारण आर्थिक, सामाजिक रुपान्तरणको प्रतिनिधित्व गर्न नसक्ने दावी गरिएको प्रतिवेदनमा उसको साथ भने चाहिने उल्लेख छ।

कालापानीका विषयमा सरकार दृढ रहेको र नेपाली भुमी फिर्ता लिने र नेपाली भुमिमा बसेका भारतीय सेना फिर्ता गर्ने उल्लेख गरिए पनि त्यसबारे विस्तृत उल्लेख गरिएको छैन।

पार्टीभित्र गुट बढेको, अनुशासन उलंघनका घटना बढेको, भ्रष्टाचार विरोधी छवी व्यवहारमा नदेखिएको भन्दै आफ्नै पार्टीको समेत आलोचना गरिएको प्रतिवेदनमा ‘पार्टी र सरकारको कामलाई आम नागरिकले पत्याएको’ दावी गरिएको छ।

३३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनका मुख्य विषय ११ बुँदामा
१. चीनको प्रशंसा
चीनले अघि सारेको बिआरआईले विश्वव्यापी रुपमा आफ्नो सम्पर्क र आर्थिक सहयोगको क्षेत्र विस्तार गर्ने एउटा बृहद् साझेदारीको रणनीतिको रुपमा काम गरिरहेको छ। नेपालले पनि विआरआईमा हस्ताक्षर गरेर आफूलाई त्यो सम्बन्धमा र सहयोगको साझेदार बनाएको छ।

२. अमेरिकाप्रति शंका
संयुक्त राज्य अमेरिकाले आफ्नो महाशक्तिको स्थिति कायम राख्न र विश्वकमा आफ्नो एक छत्र प्रभुत्व बनाइराख्न नयाँ नयाँ रणनीतिको विकास गरिरहेको छ। यसै सन्दर्भमा हिन्द महासागर वरिपरीका क्षेत्रहरुमा आफ्नो प्रभाव विस्तार गर्ने, प्रभुत्व कायम गर्ने र पहिलो आर्थिक शक्तिको रुपमा उदाउँदै गरेको चीनलाई घेरा हाल्न र कमजोर पार्ने सैन्य रणनीतिका रुपमा इन्डो प्यासेफिक स्ट्राटेजी अगाडि बढाइरहेको छ।

३. सैन्य रणनीति मानिन्न
हाम्रो पार्टी र सरकारले आफू कुनै पनि वाह्य सैन्य गठबन्धन र सैन्य रणनीतिको हिस्सा कहिल्यै नभएको र हुन पनि नसक्ने कुरा स्पष्ट गरेको छ। यदी सैन्य रणनीतिकै रुपमा अन्य कुनै पनि आर्थिक र राजनीतिक सहयोगको कुरा अगाडि आएमा नेपालले त्यसप्रकारका कुनै पनि सहयोगको प्रस्ताव मञ्जुर गर्न सक्दैन।

४. प्रतिक्रियावादीले भ्रम छरे
आन्तरिक चुनौती लामो समयसम्म अस्थिरता र अराजकताबाट अनुचित लाभ उठाइरहेका सामन्ती निकुशंतावादी र प्रतिकृयावादी दलाल तत्वहरु आज पनि अन्यौल र अस्थिरता सिर्जना गर्न कसरत गरिनैरहेका छन्। देश भित्र र बाहिरका प्रतिकृयावादी शक्तिहरुले कम्युनिष्ट पार्टी माथि अधिनायकवादीको झुठो आरोप लगाई जनतामा भ्रम छर्ने प्रयास जारी नै राखेका छन्।

५. अध्यारो कोठामा प्रतिक्रान्तिको तानाबाना
निरंकुश राजतन्त्रका पक्षपोषकहरु, परिर्वतन विरोधी यथास्थितीवादी शक्तिहरु विभिन्न रुप र रङगका साम्प्रदायिक एवम् अतिवादी तत्वहरुलाई कम्युनिष्ट पार्टीको नेतृत्वमा देश स्थिरता र समृद्धिको दिशामा अगाडि बढ्न लागेको पचेको छैन।

आफ्नो चरित्र अनुसार अध्यारो कोठामा बसेर प्रतिक्रान्तिको तानाबाना बुन्न छाडेका छैनन्।

६. भ्रष्टाचार नियन्त्रण ः कुराले नभई व्यवहारबाटै
कुराले मात्र नभई व्यवहारद्वारा नै भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्न नदिने शक्तिका रुपमा स्थापित गरेर मात्र चुनौतीको सामना गर्न सकिन्छ।

७. कालापानी : भुमि फिर्ता लिने, भारतीय सेना हटाउने
भारत सरकारले प्रकाशित गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्र र लिपु लेक र सिमा नदी माहाकालीको मुहारमा लिम्पियाधुरालाई समेत आफ्नो भु भागमा राखेको कुरामा नेपालका सबै राजनीतिक दल, नेपाल सरकार, बौद्धिक तथा विज्ञ समुदाय र सिंगो नेपाली समाजलाई असैह्य भएको तथ्य प्रकट भइसकेको छ। हाम्रो पार्टी, सरकार र आम नेपाली जनताले तत्काल राजनीतिक र कुटनीतिक संवाद मार्फत भारत सरकारसँग नक्सा सच्याउन, नेपालस् भुमिबाट भारतीय सेना हटाउन नेपालको भुमि फिर्ता लिन पहल शुरु गरिसकेको छ।

८. कांग्रेस ढुलमुले छ तर साथ चाहिन्छ
नेपाली समाजको राजनीतिक र सामाजिक रुपान्तरणको क्षेत्रमा भुमिका खेल्ने राजनीतिक दलहरुमा नेकपा नै आम देशभक्त र श्रमजीवि नेपाली जनताको आशा र भरोषाको केन्द्र हो।

नेपाली कांग्रेस मुलतः पूँजीवादी वर्गको प्रतिनिधित्व गर्ने पार्टी भए पनि आफ्नो ढुलमुले, सम्झौता परस्त र दलाल प्रवृतिका कारण यसले आर्थिक, सामाजिक रुपान्तरणको प्रतिनिधित्व गर्न सक्दैन।

तथापी संविधान कार्यान्वयन र लोकतान्त्रिककरणको प्रक्रियालाई अगाडि बढाउन कांग्रेससँग आवश्यकता अनुसार सहकार्य गर्नुपर्दछ। तर त्यसो गर्दा उसको प्रतिकृयावादी चरित्रको आलोचना र भण्डाफोर गर्ने कुरालाई बिर्सनु हुँदैन।

९. पार्टीमा गुट बढ्यो, उत्साह बढेन
पार्टी एकतामा भइरहेको ढिलाई, पार्टीको आधिकारीक र व्यवस्थित प्रकाशन, प्रचार प्रशिक्षण र स्कूलिङको अभावका कारण पार्टी संगठन कमजोर अवस्थामा पुगेको छ।

पार्टी संस्थागत छैन। विभिन्न प्रकारका गुटहरु सक्रिय छन्। पार्टीभित्र घात, अन्र्तघात र अराजकताका प्रवृतिहरु कायम छन्। अनुशासनको अवस्था दनियमित। पार्टी अनुशासनको स्थान गुट अनुशासनले लिने खतरा बढेको छ।

१०. उप निर्वाचन : कांग्रेस उत्साहित, साना दल दयनीय
उप निर्वाचनको परिणामले जनताले नेकपाले लिएको नीति र सरकारले अगाडि बढाइरहेको समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा भरोसा गरेको देखियो। ४० प्रतिशत स्थानमा विगतमा जितेको भन्दा फरक पार्टी र उम्मेदवारले जितेका छन्। त्यसैले प्रवृत्तीगत विश्लेषण गरिनु र मतदाताको परिर्वतित मनोविज्ञानको अध्ययन आवश्यक छ।

भक्तपुर र धरानामा प्राप्त सफलताले नेपाली कांग्रेस अलिकति उत्साहित भएको छ। साना पार्टीको अवस्था दयनिय देखियो। यसले नेपालको राजनीतिक दुई ध्रुवीय बन्दै गएको संकेत गरेको छ।

११. सञ्जालको प्रचारले राजनीतिक स्पेस बन्दैन
तर सामाजिक सञ्जालको प्रचार, केही सञ्चारमाध्यमहरुको योजनावद्ध ‘प्रोजेक्सन’ र सरकारको विरोधले मात्रै राजनीतिक स्पेश निर्माण गर्न सकिदैन यसका लागि सहि राजनीतिक कार्यक्रम र कार्यदिशा आन्दोलन र रुपान्तरणमा खरिएको पृष्ठभुमि जनताले पत्यार गरेको नेता–कार्यकर्ताको पक्ति र सही राजनीतिक विषयवस्तु आवश्यक पर्छ भन्ने कुराको पून पुष्टी गरेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ