गायिका आस्था राउत धरौटीमा रिहा

2020-01-29

काठमाडौं - गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा भएकी छन्। अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेकी राउत मंगलबार रिहा भएकी हुन्।

जिल्ला प्रशासन कार्यालयले राउतसँग अभद्र व्यवहार मुद्दामा ४ हजार धरौटी माग गर्ने आदेश गरेको थियो।

यसअघि सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका राउतलाई ४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि जिल्ला प्रशासनमा उपस्थित गराएपछि उनीमाथि अनुसन्धान गर्न ४ दिनको समय दिइएको थियो।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी जवान रमिता श्रेष्ठ र आस्थाबीच विवाद भएपछि जवान श्रेष्ठले अभद्र व्यवहारमा उजुरी दिएकी थिइन्।

उजुरीका आधारमा राउतविरुद्ध प्रकाउपुर्जी जारी भएको थियो। राउत कार्यक्रमका शिलशिलामा देशबाहिर भएकाले तत्कालै पक्राउ परिनन्। तर सोमबार बिहान उनले प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन्।

प्रहरीले पनि उनीविरुद्ध लगाएको अभद्र व्यवहार मुद्दाको छिनोफानो चाँडो सकाउने र सोमबार नै हिरासत मुक्त गर्ने बताइएको भएपनि सोमबार उनलाई मुक्त गरिएको थिएन।

सोमबार साँझ गायिका राउतको स्वास्थ्य अवस्था बिग्रिएपछि त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पताल भर्ना गरिएको थियो।

प्रहरी हिरासतबाट मुक्त भएपछि राउतले संक्षिप्त प्रतिक्रया दिँदै प्रशासनलाई धन्यवाद दिएकी छन्। 'आज म यहाँबाट यति सम्मानसाथ जाँदैछु। म फेरि यो विषयमा कुरा गर्न आउछु। प्रशासनलाई मेरो फेरि धन्यवाद। मेरो दुई चारवटा शब्द अमर्यादित थिए र त्यसका लागि मैले सार्वजनिक रुपमा पहिल्यै माफी मागिसकेको स्थितिमा उहाँहरुले मलाई सौहाद्रपूर्ण हिसाबले व्यवहार गर्नुभयो,' उनको भनाइ थियो।

'म स्टेजमा मात्र गायिका आस्था राउत हुँ। तपाईंहरुले बुझिदिनुपर्छ कि कुनै पनि यस्तो इस्यूलाई ठूलो नबनाऊँ, कसैलाई पनि पर्न सक्छ। त्यसैले सोसल मिडियामा लेख्दा, युट्युबमा लेख्दा, चाहे हजुरहरुले क्याप्सन लेख्दा अथवा कोही साधारण नेपालीले लेख्दा, सबैलाई कारबाही हुन्छ नै बिस्तारै–बिस्तारै,' उनले भनिन्।




थप समाचार


पुरुष यौनकर्मीको पीडा : यसरी सुनाउँछन् अविवाहिता देखि विधुवा महिलासंगको अनुभव !

पुरुष यौनकर्मीको पीडा : यसरी सुनाउँछन् अविवाहिता देखि विधुवा महिलासंगको अनुभव !

तँ कहाँ उभिरहेको छस्‚ तँलाई थाहा छ? यहाँ शरीर बेचिन्छन्।’ निला गुलाबी बल्बले सजिएको यो कोठामा आफैंलाई बेच्नका लागि तत्पर थिएँ म‚ अर्थात् एक मर्द। ‘अँ देखिरहेको ...

एमसीसीसँगको नेपालको सम्झौता र देश विकासबारे हाम्रो दृष्टिकोण !

एमसीसीसँगको नेपालको सम्झौता र देश विकासबारे हाम्रो दृष्टिकोण !

नेकपाको केन्द्रीय समितिको हालै सम्पन्न बैठकबाट एमसीसी खारेज गराउन नसकिए पनि पास नहुनु र यसबारे अध्ययन गर्न राष्ट्रवादी र देसभक्त नेताको छवि बनाएका भूपू प्रम ...

के-के गरे यौन उन्मुख अपराध हुन्छ ?

के-के गरे यौन उन्मुख अपराध हुन्छ ?

काठमाडौँ - कसैले आफ्नो पति वा पत्नीबाहेक अन्य व्यक्तिलाई निजको मञ्जुरीबिना करणीका आसयले समाते वा निजको संवेदनशील अंग छोए वा छुन प्रयास गरे, निजको भित्री ...





ट्रेन्डिङ


अडियो टेपबारे गोकुल बाँस्कोटाले दिए यस्तो प्रतिक्रिया

काठमाडौँ - एक स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ गर्दै गरेको अडिओ टेप सार्वजनिक भएपछि

बाँस्कोटालाई राजीनामा दिएर छानबिनमा सहयोग गर्न ऐन महरको सुझाव

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक ऐन महरले सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न सुझाएका छन्। सेक्युरिटी प्रेस खरिद

प्रधानमन्त्रीलाई डेढ महिना पहिले नै पुगेको थियो अडियो क्लिप

काठमाडौँ - स्वीस कम्पनीका नेपाल एजेण्ट प्रकाश शर्मा भनिने विजय प्रकाश मिश्रले बास्कोटासँग भएको कुराकानीको अडियो क्लिप करिब डेढ महिना पहिले नै प्रधानमन्त्री केपी शर्मा

संचारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घुस मागेको अडियो बाहिरियो (अडियो सहित)

काठमाडौं - सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको छ। मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस

गोकुल बाँस्कोटालाई बर्खास्त गर्न साझा पार्टीको माग

काठमाडौं - साझा पार्टीले सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गरेको छ। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको सिलसिलामा बिचौलियासँग कमिसनको

गोकुल बाँस्कोटालाई बर्खास्त गर्न नेतृत्वलाई दबाब

काठमाडौं - सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न नेकपा नेताहरुले बालुवाटारलाई दबाब दिएका छन्। घुस बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि उनलाई तुरुन्तै मन्त्री

गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान गर्न कांग्रेसको माग

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको छ । काँग्रेस प्रवक्ता

मिश्रले यसकारण लिक गरिदिए गोकुल बाँस्कोटासंगको घुसको अडियो सम्बाद !

काठमाडौँ - सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग सञ्चारमन्त्री गोकुल बाँस्कोटाबीच कथित रुपमा भएको कमिसनको ‘डिलिङ’को अडियो सार्वजनिक भएको छ । काभ्रेको

'भ्रष्ट्राचारीको मुख हेर्दिनँ' भन्ने प्रधानमन्त्रीले बोलीलाई व्यवहारमा लागू गरुन : नेविसंघ

काठमाडौं - नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गरेको छ। सेक्युरिटि प्रिन्टिङ प्रेस खरिद प्रक्रियाका

पर्वत बनाइयो अहिलेसम्मकै ठुलो खुकुरी

काठमाडौं - पर्वतको जलजला गाउँपालिका–२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले ८० किलोको खुकुरी निर्माण गरेका छन्। तीन महिनाको अवधिमा उनको नेतृत्वमा चार जनाको टोलीले हालसम्मकै सबैभन्दा