सांसद मनाङेविरुद्ध मुद्दा दर्ता

2020-01-23

पोखरा - गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन पूर्वआयोजक समितिका एक पदाधिकारीमाथि हातपात गरेको अभियोगमा प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे)विरुद्ध मुद्दा दर्ता भएको छ ।

एन्फा कास्कीका अध्यक्ष, एन्फा गण्डकीका उपाध्यक्ष र प्रतियोगिता आयोजक समितिका कोषाध्यक्षसमेत रहेका मिलन गुरुङमाथि उनले प्रतियोगिता स्थलमा मंगलबार हातपात गरेका थिए । गृहजिल्ला मनाङबाट आएको टोलीलाई प्रतियोगिता सुरु हुनुअघि होटेलको व्यवस्था नभएको र अभ्यासका लागि मैदानसमेत उपलब्ध नगराएको भन्दै मनाङेले गालीगलौज गर्दै गुरुङमाथि हातपात गरेका थिए ।

गुरुङले मुलुकी फौजदारीसंहिता ०७४ को दफा ११८ विपरीतको कसुर भएकाले तत्काल पक्राउ गरी कानुनअनुसार हदैसम्मको सजायको माग गरेका छन् । गुरुङले मुद्दा दर्ता गर्नुअघि पोखरामा पत्रकार सम्मेलन गरेर सार्वजनिक स्थलमा हातपात गरेको, विभिन्न आरोप लगाएर चरित्र हत्या गरेको जिकिर गर्दै जीउधनको सुरक्षाका लागि मनाङेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा मुद्दा दर्ता गर्ने बताएका थिए ।

प्रतियोगिता भाँडिने भएकाले आफू चुप लागेर बसेको उनले प्रस्ट्याएका थिए । पत्रकार सम्मेलनमा एन्फा उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक कृष्ण थापाले जनताले चुनेको प्रतिनिधि मर्यादामा बस्नुपर्ने बताए । ‘मिलनले धैर्यता राखेकाले हिजो अरू नराम्रो घटना हुन पाएन । भ्रष्टाचार गरेको, मनपरी गरेकोजस्ता आरोप पुष्टि गर्न चुनौती दिन्छु’ उनले भने । एन्फाको बैठक बसेर आवश्यक निर्णय लिने उनले जानकारीसमेत दिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले मनाङेविरुद्ध उजुरी आएको बताए । उजुरीउपर अनुसन्धान गरी अघि बढ्ने उनले जानकारी दिए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ