१५ वर्षपछि ब्राड पिट र जेनिफरको पुनर्मिलन, एन्जेलिना भन्छिन - मलाई वास्ता छैन’

2020-01-23

एजेन्सी - सेग अवार्ड कार्यक्रमको ब्याक स्टेजमा जब हलिउड नायक ब्राड पिट र उनको पूर्व श्रीमती जेनिफर अनिस्टनले हात समातेको तस्विर सार्वजनिक भयो मिडिया पिटकी अर्की पूर्व श्रीमती एन्जेलिना जोलीको प्रतिकृयाको खोजीमा लागे । सन् २००५ मा डिभोर्स भएपछि जेनिफर र ब्राड सँगै देखिएका थिएनन्।

जेनिफरसँगको डिभोर्सपछि ब्राडकाे जीवनमा एन्जेलिनाको प्रवेश भयो । तर सन् २०१६ मा एन्जेलिना र ब्राडबीच डिभोर्स प्रकृया अगाडि बढ्यो।

कानुनी रुपमा दुबै छुट्टिइसकेका थिएनन्। तर क्यालोफोर्नियाको कानुन अनुसार यी दुवैले आफू एक्लै रहेको घोषणा गरेर छुट्टाछुट्टै बस्न थालेका थिए ।

एन्जेलिनासँग छुट्टिएको तीन वर्षपछि ब्राड र जेनिफर फेरि सँगै देखिन थाले पनि दुवै सँगै भएका कुनै तस्विर पनि सार्वजनिक भएन। पहिलोपटक सेग अवार्डमा दुवै सँगै भएको तस्विर बाहिरिएपछि एन्जेलिनाले के भन्छिन् भन्ने चासो बढाएको थियो ।

तर उनले वास्तै गरिनन् । ‘उनीहरुको पुनर्मिलनबारे एन्जेलिनालाई कुनै मतलब छैन। उनीहरु राम्रा साथी हुन् भन्नेबारे उनी जानकार छन्’ एन्जेलिना निकटस्रोतलाई उदृत गर्दै हलिउड लाइफले लेखेको छ । एन्जेलिनाले वास्तै नगरे पनि ब्राडका फ्यानहरु उनलाई जेनिफरसँग निकट भएको देखेर खुसी छन्।




थप समाचार


श्याम गिरी अर्थात् ‘रेडियो प्रेमी वान’ चल्तीका ‘टिकटक डान्सर’

श्याम गिरी अर्थात् ‘रेडियो प्रेमी वान’ चल्तीका  ‘टिकटक डान्सर’

३१ असार, बाँके । बाँके जिल्लाको सेरोफेरोमा अहिले श्याम गिरीलाई ‘रेडियो प्रेमी वान’ भनेर नचिन्ने सायदै कमै होलान्। कुनै जमानामा रेडियोको माध्यमबाट उनले प्रत्येक दिन आउने ...

सुरक्षा र नरेन अभिनित बुलाकी’ कात्तिक १८ गते प्रदर्शन हुने

सुरक्षा र नरेन अभिनित बुलाकी’ कात्तिक १८ गते प्रदर्शन हुने

नेपाली सिने जगतबाट अन्तराष्ट्रिय फिल्म फेस्टिभल ''कान्स '' को रेड कार्पेटमा हिडेर चर्चित बनेकी नायिका सुरक्षा पन्त र नायक नरेन खड्काको मुख्य भूमिका रहेको चलचित्र ...

‘बुलाकी’ पछि चलचित्र ‘म’ मा अभिनय गर्दै नरेन खड्का

‘बुलाकी’ पछि चलचित्र ‘म’ मा अभिनय गर्दै नरेन खड्का

काठमाडौँ - कान्तिपुर सिनेमा एकेडेमीले निर्माण गर्न लागेको चलचित्र ‘म’ मा अभिनेता नरेन खड्काको इन्ट्री भएको छ । उनको इन्ट्रीसँगै फिल्मको लाइनअप पनि पुरा भएको ...




ट्रेन्डिङ