राष्ट्रिय सभाका १८ सदस्यका लागि निर्वाचन आज

2020-01-23

काठमाडौं - राष्ट्रिय सभामा रिक्त पदका लागि आज सातै प्रदेशमा निर्वाचन हुँदैछ। निर्वाचन आयोगले सात प्रदेशमा मतदान हुने स्थान बुधबार सार्वजनिक गरेको थियो। आयोगका अनुसार प्रदेश १ मा विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृहमा मतदान हुनेछ। प्रदेश २ मा जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायणनिधि स्मृती भवन, वागमती प्रदेशमा ललितपुर महानगरपालिका ४ वडासमितिको भवन, गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्कीमा मतदान हुनेछ।

प्रदेश ५ को घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्तिनारायण उच्च माध्यमिक विद्यालयमा केन्द्र तोकिएको आयोगले जनाएको छ।

प्रदेश १ मा प्रदेश सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख गरि ३६७, प्रदेश २ मा २७२, वाग्मती प्रदेशमा ३४८, गण्डकीमा २३० मतदाता छन्। त्यसैगरी, प्रदेश ५ मा ३०५,कर्णालीमा १९८ र सुदुरपश्चिममा २२९ मतदाता छन्।

राष्ट्रिय सभामा रिक्त १८ जनाका लागि आज निर्वाचन हुँदैछ। प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख/उप प्रमुखको मतभार १८ हुन्छ। १८ सदस्यका लागि ४५ जनाले उम्मेदवारी दिएका छन्।

नेकपाले इन्दु गौतम, देवेन्द्र दाहाल ,गोपी अछामी, तुलसा दाहाल राधेश्याम पासवान लाई उम्मेदवार बनाएको छ। यस्तै गंगा बेलवासे, डा. बेदुराम भुसाल, भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, विमला घिमिरे गोपाल भट्टराई, जगप्रसाद शर्मा, सुमित्रा बिसी ,मायाप्रसाद आचार्य, तारामान स्वाँर र शारदा भट्ट आज हुने निर्वाचनमा सत्तारुढ नेकपाबाट भिड्दैछन्।

प्रमुख प्रतिपक्षी दल कांग्रेसबाट निरबहादुर विश्वकर्मा, मिना पुलामी मगर, राजेन्द्र घिमिरे, नगिना यादव, भोला पन्जियार उम्मेदवार बनेका छन्। त्यस्तै, छलीकुमारी शर्मा उपाध्याय, हरिशरण श्रेष्ठ, सूर्यप्रसाद रेग्मी, विमला गौचन, बालकृष्ण पाण्डे, गिरिजा न्यौपाने , मेराज हलवाई उम्मेदवार बनेका छन्। सावित्री पौडेल, डिल्लीराम पाठक तुलसी देवकोटा र प्रताप ठगुन्ना पनि आज राष्ट्रिय सभाको निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्।

प्रदेश २ मा कांग्रेस र समाजवादी पार्टीको गठबन्धन बनेको छ। सत्तारुढ दलसँग प्रदेश २ मा गठबन्धन बनाएको राजपाले प्रदेश २ मा मृगेन्द्रकुमार सिंह यादव र शेखरकुमार सिंहलाई उम्मेदवार बनाएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ