नेपालमा अवैध रूपमा बस्दै आएका अमेरिकी पक्राउ

2020-01-22

काठमाडौँ - पासपोर्ट फालेर यसरी नेपालमा बस्दै आएका एक अमेरिकी नागरिक सोमबार काठमाडौंमा पक्राउ परेका छन् । गाँजा खाएर होहल्ला गरेको अवस्थामा अमेरिकी नागरिक हेनी योङलाई पर्यटक प्रहरीले पक्राउ गरेर अध्यागमन विभागमा बुझाएको छ । उनी अवैध रूपमा नेपालमा बस्दै आएको र पासपोर्टसमेत नभेटिएको अध्यागमन विभागका अधिकृत वैकुण्ठ रेग्मीले बताए ।

यसरी नेपालमा अवैध रूपमा लामो समय बस्ने उनी एक्ला अमेरिकी होइनन् । सन् २०१९ मा नेपालमा भिसाको अवधि सकिएर अवैध रूपमा बस्दै आएका २३ जना अमेरिकी नागरिकलाई सरकारले निष्कासन गरेको छ । एक वर्षमा नेपालमा पर्यटकहरूले एक सय ५० दिन बस्न पाउँछन् । अमेरिकासँग भिसा पारस्पारिकताका आधारमा एक सय ८० दिनसम्म बस्न पाउँछन् । त्योभन्दा लामो अवधि बसेकालाई मात्र अध्यागमन विभागले जरिवाना गरेर निष्कासन गर्छ । ‘अमेरिकीहरू प्रायः लागुऔषध, बाल यौन दुराचार मुद्दामा नेपालमा पक्राउ पर्छन्,’ अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेल भन्छन्, ‘कतिपय अपराध गरेर लुक्न आएकालाई पनि हामीले पक्राउ गरेर फिर्ता गरेका छौँ ।’ अमेरिकामा बाल यौन दुराचार गरेर लुक्न नेपाल आएका एक अमेरिकीलाई लैजान अमेरिकी सरकारले प्लेन नै चार्टर्डसमेत गरेको थियो ।

सन् २०१९ मा नेपालबाट निष्कासित हुने विदेशीमा तेस्रो स्थानमा अमेरिकी छन् । पहिलो स्थानमा चिनियाँ र दोस्रो स्थानमा इरानी भएको अध्यागमन विभागले जनाएको छ । नेपालमा बसेर कानुन मिच्ने विदेशी नागरिकमाथि कारबाही बढाइएको विभागका महानिर्देशक पौडेलले बताए । उनी भन्छन्, ‘विकसित देशका नागरिकसमेत नेपालमा वर्षौँदेखि अवैध रूपमा बस्दै आएको पाइयो,’ उनी भन्छन्, ‘त्यस्ता विदेशीमाथि हामीले निगरानी बढाएका छौँ ।’

 


नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ