इन्टरपोल पूर्वप्रमुखलाई साढे १३ वर्ष जेल सजाय

2020-01-22

एजेन्सी - चीनले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)का पूर्वप्रमुख मेङ्ग होङ्गवेलाई साढे १३ वर्ष जेल सजाय सुनाएको छ। उनीमाथि २१ लाख अमेरिकी डलर भ्रष्टाचार गरेको आरोप लागेको थियो। जेल सजायको साथै उनले जरिवाना पनि तिर्नुपर्ने भएको छ।

मेङ्ग सन् २०१६ मा इन्टरपोलको सभापतिमा चार वर्षे कार्यकालका लागि निर्वाचित भएका थिए। उनी सन् २०१८ को अन्त्यमा फ्रान्सबाट चीन जाँदै गर्दा पक्राउ परेका थिए। उनी पक्राउ पर्दा इन्टरपोलले सुइको समेत पाउन सकेको थिएन।

उनकी पत्नीले चिनियाँ अधिकारीले पक्राउ गरेको हुनसक्ने अभिव्यक्ति दिएपछि इन्टरपोलले चीनलाई मेङ्गको अवस्था सार्वजनिक गर्न औपचारिकरूपमा आग्रह गरेको थियो। चीनका राष्ट्रपति सि जिनपिङसँग राजनीतिक आस्था नमिलेका कारण उनलाई पक्राउ गरिएको बताइएको थियो। केही समयसम्म उनलाई कुन ठाउँमा राखिएको छ भन्नेबारे पनि कुनै जानकारी दिइएको थिएन।

फ्रान्समा दुई सन्तानसहित बस्दै आएकी मेङ्ग पत्नीले चिनियाँ अधिकारीले पतिलाई पक्राउ गरेको र जीवितै राखेको बारेमा शंका गर्दै आएकी थिइन्। मेङ्गलाई चिनियाँ अधिकारीको पक्राउबाट बचाउन नसकेपछि पत्नी र छोराछोरीको रेखदेखमा कठिन भएको भन्दै गत वर्ष उनका कानुन व्यवसायीले नेदरल्यान्डस्थित हेग अन्तर्राष्ट्रिय अदालतमा मध्यस्थताका लागि निवेदन दिएका थिए। उक्त अदालतले अहिलेसम्म कुनै निर्णय गरेको छैन।

मेङ्ग पत्नीले एपीसँगको कुराकानीमा इन्टरपोलको सदस्य राष्ट्र चीनले गलत तरिकाबाट पक्राउ गरी पति र परिवारलाई अन्याय गरेको बताइन्। चीनको उत्तरी सहर ट्यानजिनको १ नम्बर उच्च अदालतले जेलमुक्त हुने मेङ्गको अपिल मंगलबार अस्वीकार गरेको हो। जेलबाहेक उनले २० लाख युआन (दुई लाख नब्बे हजार अमेरिकी डलर) जरिवाना तिर्नुपर्ने अदालतले आदेश गरेको छ। अदालतले ६६ वर्षीय मेङ्गले पदको दुरुपयोग गरी २१ लाख अमेरिकी डलर भ्रष्टाचार गरेको भनेको छ। विभिन्न कार्यालयमा कार्यरत रहँदा भ्रष्टाचार गरेको उनीमाथि आरोप लगाइएको छ।

उनले विभिन्न सरकारी कार्यालयमा प्रमुख, पब्लिक सुरक्षासम्बन्धी प्रहरीको प्रमुख, सहायक मन्त्री जस्ता जिम्मेवारी निभाएका थिए। ती पदमा रहँदा उनको भूमिका अन्य अधिकारीभन्दा निकै सशक्त र प्रभावकारी थियो। केही समयअघि उनलाई चिनियाँ कम्युनिस्ट पार्टीको सबै जिम्मेवारीबाट मुक्त गरिएको थियो। घरपरिवार र उनलाई चिने जानेकाले राष्ट्रपति सिसँग राजनीतिक विचारधारा नमिलेका कारण भ्रष्टाचार मुद्दा लगाइएको बताउँदै आएका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ