सरकारमा जान राजापा नेतृत्वको गोप्य भेटवार्ता

2020-01-22

काठमाडौं - राष्ट्रिय जनता पार्टी राजपाका नेताले सरकारसँग बढाएको निकटाप्रति दोस्रो तहका नेताहरु सशंकित बनेका छन्। आफ्ना एजेण्डा छाडेर अध्यक्ष मण्डलका नेता सरकारमा जाने तयारीमा लागेको भनी उनीहरुले ध्यानाकर्षण गराएका छन्।

मंगलबार राजपाका ५ नेताले हस्ताक्षर गरेको पत्र अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवलाई बुझाएका छन् । मंगलबार संसदीय दलको कार्यालय पुगी वरिष्ठ उपाध्यक्ष द्वय सर्वेन्द्रनाथ शुक्ला र बृषेशचन्द्र लालले संयोजक यादवलाई पत्र बुझाएको लालले जानकारी दिए। पत्रमा शुक्ला र लालका साथै उपाध्यक्ष गोविन्द चौधरी रमेशप्रसाद यादव र महासचिव विजयकुमार सिंहले हस्ताक्षर गरेका छन् । पार्टीमा कुनै छलफल नै नगरी अध्यक्ष मण्डलका नेताहरु सरकारमा जाने तयारीमा लागेकाले सचेत गराएको बरिष्ठ उपाध्यक्ष बृषेश चन्द्र लालले बताए।

‘सत्तारुढ दलका नेतासँग अध्यक्ष मण्डलका नेताहरुको गोप्य भेटघाटले सरकारमा जाने तयारीमा लागेको देखिन्छ लालले भने, ‘त्यो पार्टी नीति विपरित छ, सामान्य पत्रबाट सचेत गराएका मात्रै हौं।’ यस्ता महत्वपूर्ण निर्णय गर्दा पार्टीमा संस्थागत छलफल गरेर मात्रै निर्णय गर्न नेताहरुले नेतृत्वलाई सुझाएका छन् ।

यसअघि गत पौष २ गते नेकपा र राजपाबीच दुई बुँदे सहमति गर्दा पनि पार्टीमा छलफल नगरिएको लालले बताए । ‘त्यसमा पनि छलफल गर्नु भएन त्यो सामान्य चुनावी तालमेल मात्रै भएकाले त्यसमा आपत्ति नजलाएका हौं, सरकारमा जानका लागि भने संस्थागत निर्णय गर्नुपर्छ।' संविधान संशोधन, मधेस आन्दोलनका क्रममा मुद्दा लगाइएकाको मुद्दा फिर्ता, मेधेसी, थारु, मुस्लिम लगायतको माग संवोधन नभई सरकारमा जान नहुनेमा उनीहरुले जोड दिएका छन्। यही अवस्थामा पार्टी सरकारमा जानु मधेस आन्दोलन र मधेसी जनताप्रति धोका हुने नेताहरुले पत्रमा उल्लेख गरेका छन् ।

पत्र बुझेपछि संयोजक यादवले यसमा आफूहरु सचेत रहेको छ । अन्य अध्यक्ष मण्डलका नेताहरुसँग छलफल गर्ने बताएको लाले जानकारी दिए। नेताहरुले पत्र बुझाएकोबारे महासचिव केशब झाले अनविज्ञता प्रकट गरे । 'मलाई यसबारे जानकारी छैन' झाले भने, ‘उहाँहरुलाई शंका लागेको हुनसक्छ यस्तो हुँदैन सबै कुरा पार्टीको छलफलबाट नै हुन्छ’।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ