विश्व सम्पदा सूचीका ६४ सम्पदा अझै पुनर्निर्माण भएनन्

2020-01-21

काठमाडौँ - ०७२ सालको भूकम्पले ३२ जिल्लाका विश्व सम्पदा क्षेत्रका एक सय ६० सम्पदामा क्षति पु¥याएको थियो । तीमध्ये अहिलेसम्म ९६ वटा सम्पदा मात्रै पुनर्निर्माण भएका छन् । विश्व सम्पदा सूचीमा रहेका काठमाडौंको वसन्तपुर दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण मन्दिर परिसर, पाटन दरबार क्षेत्र, हनुमानढोका दरबार क्षेत्र, बौद्धस्तूपा क्षेत्र, स्वयम्भू क्षेत्र र पशुपति मन्दिर क्षेत्रका क्षतिग्रस्त ९६ सम्पदाको पुनर्निर्माण सकिएको पुरातत्व विभागले जनाएको छ । बाँकी ६४ सम्पदा भने पुनर्निर्माण पूरा हुने टुंगोसमेत छैन ।

वसन्तपुर दरबार क्षेत्रका गद्दी बैठक, नाट्येश्वर मन्दिर, कृष्ण मन्दिर, नगराघर, प्रताप मल्लको सालिक पुनस्र्थापना तथा तलेजु मन्दिरको पुनर्निर्माण भएको छ । यस्तै, भक्तपुर दरबार क्षेत्रका खौमा गेट, सिद्धिलक्ष्मी मन्दिर, नारायण र शंकरनारायण मन्दिरको पुनर्निर्माण सकिएको छ । चाँगुनारायण संरक्षित स्मारक क्षेत्रका चाँगुनारायणको मुख्य मन्दिर तथा किलेश्वर मन्दिरको पुनर्निर्माण भएको छ । स्वयम्भू क्षेत्रको प्रतापपुर मन्दिर, अनन्तपुर मन्दिर, आनन्दकुटी महाविहारलगायत सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण सकिएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए ।

पाटन दरबार संरक्षित स्मारक क्षेत्रमा योगनरेन्द्रको सालिक पुनस्र्थापना भएको छ । मणिमण्डप र सुन्दरी चोकको पूर्वी लङको पुनर्निर्माण भएको छ । कृष्ण मन्दिरको संरक्षण कार्य गरिएको छ । त्यसैगरी, थापाथलीस्थित जंगहिरण्य हेमनारायण मन्दिर, बौद्धस्थित बौद्धनाथ स्तूपलगायत पुरातात्विक सम्पदाहरू पुनर्निर्माण भइसकेका छन् । रानीपोखरी, धरहरा, वसन्तपुरस्थित काष्ठमण्डप तथा नौतले दरबार, रातो मछिन्द्रनाथको मन्दिर, नुवाकोटस्थित साततले दरबार, गोरखा दरबारलगायत महत्वपूर्ण सम्पदा निर्माणको क्रममा छन् ।

अन्योलमा परेका योजनामध्ये सबैभन्दा धेरै काठमाडौंका ४५, भक्तपुरका ३५, ललितपुरका २१ र गोरखाका १९ वटा छन् । यस्तै, काभ्रेका १७, नुवाकोटका १२, रामेछापका ११, सिन्धुपाल्चोकका ७, दोलखा, सिन्धुली र गुल्मीका ४/४, धादिङ, मकवानपुर र अर्घाखाँचीका ३/३, कास्की, लमजुङ, धनकुटा, भोजपुर, ओखलढुंगा र पर्वतका २/२ वटा र बाग्लुङ, म्याग्दी, स्याङ्जा, पाल्पा, तनहुँ र खोटाङका १÷१ वटा सम्पदा पुनर्निर्माण सुरु गर्ने योजना अन्योलमा परेका हुन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ