'यसकारण सल्लाहमै त्रिशूलीमा हाम फाल्यौं’

2020-01-19

धादिङ - काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ थानकोटका विनय लामिछानेले ऋणले अत्तालिएपछि पत्नीसँग सल्लाह गरी सामूहिक आत्महत्याका लागि परिवारै त्रिशूली नदीमा हेलिएको बताएका छन्। खोलाबाट सकुशल उद्धार गरिएका लामिछानेलाई उद्धृत गर्दै उनले प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले आठ÷दस दिनअघि पत्नीसँग सल्लाह गरी छोराहरूसहित मर्ने योजना बनाएको जानकारी दिए। पत्नी जमुना लामिछानेले पनि सँगै मर्ने बताएपछि बिहीबार साँझ दुई छोरासहित लामिछाने दम्पती त्रिशूलीमा हाम फालेका थिए।

संयोगले बाँचेका विनय अहिले इलाका प्रहरी कार्यालय गजुरीको नियन्त्रणमा छन्। प्रहरीलाई दिएको बयानमा उनले पछिल्लो सात÷आठ वर्षदेखि सेयर र कमोडिटी मार्केटमा लगानी गर्दै आएको बताएका छन्। विनयलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक रेग्मीले भने, ‘एक वर्षदेखि बिजनेसमा डेढ करोड रूपैयाँको घाटा बेहोर्नुपरेपछि तनावैतनावमा दिन बिताउँदै आइरहेको थिएँ।’ सापटी दिएकहरूले फोन गरेर चर्को मानसिक तनाव दिएको र आफ्नो अंश लाग्ने सम्पत्ति बेच्दा पनि ऋण तिर्न नसक्ने अवस्था आएकाले आत्महत्याको निर्णय लिएको विनयले प्रहरीसँग बताएका छन्।

बाबुआमा नभएपछि नाबालक छोराहरु बिचल्लीमा पर्ने भएकाले उनीहरुसहित पतिपत्नी नदीमा हेलिएको बयान विनय लामिछाने दिएका छन्। परिवारका अन्य सदस्य गुमाएर आफू बाँचेकोमा उनले पछुतो मानेका छन्।

आफूहरू नभएपछि नाबालक छोराहरू बिचल्लीमा पर्ने भएकाले उनीहरूसहित पतिपत्नी नदीमा हेलिएको बयान विनयले दिएका छन्। विनयले तीन पृष्ठको ‘सुसाइड नोट’ लेखेर घरमा छाडेका थिए। ‘यो पढ्नुहोला’ शीर्षकमा हरियो अक्षरमा लेखिएको सुसाइड नोटमा आत्महत्या रोज्नुको कारण उल्लेख छ। गत वर्षदेखि व्यापार निकै खस्केको, सापटी दिएका मानिसले फोन गरेर चर्को मानसिक तनाव दिएको र ऋण तिर्न सक्ने अवस्था नभएकाले मृत्युवरण गर्ने निर्णय गरेको सुसाइड नोटमा लेखिएको छ। परिवार नै मास्ने योजना बनाएका विनयले १३ जना आफन्त, चन्द्रागिरि, सिद्धेश्वर र नवीन सहकारीलाई ५० हजारदेखि १५ लाख रूपैयाँसम्म तिर्न बाँकी रहेको पनि सुसाइट नोटमा उल्लेख छ।

जमुनाले पनि मिटरब्याजबारे फेसबुकमा लेखेकी थिइन्। ‘इम्गिर अनुमाज’ नामक फेसबुक एकाउन्टमा उनले घटनाको १२ दिनअघि मिटरब्याजमा पैसा लगाउने अनि ऋणीले भनेको समयमा तिर्न नसके दोब्बर, तेब्बर बनाउने अनि ऋणीलाई मर्न बाध्य बनाउने गिरोहलाई कारबाही गर्न थानकोटका डिएसपीलाई आग्रह गरेकी थिइन्।

विनयको बयान र जमुनाको फेसबुक स्टाटस हेर्दा केही दिनअघि नै सामूहिक आत्महत्या गर्नेबारे दुईजनाबीच सल्लाह भएको अनुमान गर्न सकिन्छ। विनय व्यवस्थापन विषयका ‘लेक्चरर’ हुन्। उनले मंगलोदय क्याम्पस व्यवस्थापन संकायमा पढाउँदै आएका थिए। बिहीबार सपरिवार धादिङको बेनीघाटस्थित त्रिशूली नदीमा हाम फाल्दा विनयले आफू बाँचे पनि पत्नी र दुई छोरा गुमाए।

घटनाबारे थप अनुसन्धान भइरहेको छ। विनयले आफू बाँचेकोमा पछुतो मानेका छन्। उनलाई आइतबार जिल्ला अदालतमा ल्याइने प्रहरी उपरीक्षक रेग्मीले बताए। विनयलाई आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउने तयारी गरिएको छ। दुई नाबालक अझै बेपत्ता छन्।

 

 

नागरिक




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ