देशभर मौसममा बदली, उच्च भेगमा हिमपातको सम्भावना !

2020-01-17

काठमाडाैं - पश्चिमी न्युन चापीय प्रणालीका कारण काठमाडौंलगायत देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।

शुक्रबार (आज) दिनभर देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। महाशाखाले तीन दिनकाे मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का हिमपात हुने जनाइएको छ।

पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भने भारी हिमपातको सम्भावना रहेको मौसम पूर्वानुनमान महाशाखाले जनाएकोछ । यस्तै, शुक्रबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

देशका केही स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। पश्चिमी न्यून चापीय प्रणालीका कारण नै काठमाडौं उपत्यकामा बिहीबार रातभर वर्षा भएको छ।

महाखाशाका अनुसार शनिबार दिउँसो देशभर आंशिककदेखि सामान्य बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आइतबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली भई पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै सतर्कता अपनाउन अनुरोध गरेकाे छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ