'जनयुद्धमा मारिएका ५ हजारको मात्र जिम्मा लिन्छु’: प्रचण्ड

2020-01-16

काठमाडौँ - नेकपाका अध्यक्ष प्रचण्डले तत्कालीन माओवादी युद्धका बेला मारिएका १७ हजारमध्ये आफूले ५ हजारको मात्र जिम्मा लिने बताएका छन् । गलत तथ्यांक सच्याउन भन्दै दाहालले त्यसबेला मारिएका १२ हजारको जिम्मा त्यस बेलाका राजा र राज्य सञ्चालन गरेकाहरूले लिनुपर्ने बताए।

‘पहिले म तथ्यांक मात्र सच्याउन चाहन्छु। तथ्यांक के भने मैले १७ हजार मान्छे मारेर आएको भन्ने गरिन्छ, यो सत्य होइन, सत्य के हो भने हिजोका सामन्ती राजाहरूले १२ हजार मारेका हुन् मलाई ५ हजारको जिम्मा दिनुहुन्छ भने जिम्मा म लिन्छु’, दाहालले भने, ‘तर राजाहरूले मारेको १२ हजारको चाहिँ कुरा नहुने, राज्यले मारेको पनि मेरै टाउकामा हाल्ने गरियो भने त्यो न्याय हुँदैन। मैले सधैं भनेको छु, युद्धको म जिम्मा लिन्छु। त्यहाँ भएका राम्रा–नराम्रा कामको म जिम्मा लिन्छु। त्यसबाट कहीँकतै भाग्ने क ुरा हँुदैन।’

उनले आफूले सबै विषयलाई बुझेर आन्दोलनलाई अहिले चौतारीमा बिसाएको मात्र बताए। ‘आन्दोलन, संघर्ष भन्ने कुरा एउटा ठूलो पहाड चढेजस्तो हो। अहिलेसम्म कसैले नचढेको पहाड चढेजस्तै हो। पहाड चढ्दा कोही नपुगेको उचाइमा पग्दा माउन्ट एभरेष्ट चढ्न खोज्दा तपार्इं सीधै नाक अगाडिबाट जान सक्नुहुन्न’, दाहालले अगाडि थपे, ‘तपार्इंले दायाँ, बायाँ फर्किनुपर्ने हुन्छ। कहिलेकाहीँ तल झरेजस्तो पनि गर्नुपर्ने हुन्छ। चौतारीमा बिसाउनुपर्ने पनि हुन्छ। यो कुरा नबुझीकन तपार्इंहरूले आरोपित गर्नेतिर लाग्नुभयो भने त्यसले भलो गर्दैन।’

नयाँ चिज लिन पोल्टामा प्राप्त भएको कुरा नगुमोस् भन्नेमा सचेत हुनुपर्ने भन्दै दाहालले बुद्धिमतापूर्वक नै आफूहरूले आन्दोलन अगाडि बढाइरहेको जिकिर गरे। उनले भने, ‘माओवादी आन्दोलनमा सहभागीहरूको हकहितको प्राप्ति नहुँदासम्म, पूर्णरूपमा मुक्ति नहुँदासम्म म तपार्इंहरूको ऋणी छु। मेरो काँधमा तपार्इंहरूको जिम्मेवारी छ। मैले बुद्धिमतापूर्वक, आवेगमा होइन, उत्तेजनामा होइन, बुद्धि पुर्‍याएर सबै जनसमुदायको पूर्ण मुक्तिको आन्दोलनलाई अगाडि लैजान जरुरी छ। यसमा तपार्इंहरूको साथ–सहयोग जरुरी छ।’




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ