उडिरहेको विमानले इन्धन खसाल्दा १७ विद्यार्थी घाइते

2020-01-16

एजेन्सी - एक यात्रुवहाक विमानले आपतकालीन अवतरणका लागि उडिरहेका बेला एक विद्यालयको मैदानमा इन्धन खसालेको छ। विमान स्थलबाट २६ किलोमिटर पूर्वमा रेहेको एलिमेन्टरी विद्यालयमा इन्धन खसालिएको हो। जसमा १७ विद्यार्थी घाइते भएका छन्।

इन्धन शरीरमा परेर बालबालिका र केही युवाहरुमा छाला र श्वासप्रश्वासको समस्या देखिएको छ। डेल्टा वायुसेवाको त्यो विमानको इन्जिनमा अचानका समस्या आएको कारण विमानस्थल फर्किएको थियो।

विमानले इन्धन खसालेको समयमा दुई कक्षाका विद्यार्थी मैदानमा उपस्थित भएको अनुमान गरिएको छ।

अमेरिकी विमान स्थलबाट आवतजावत गर्ने विमानका लागि इन्धन पोख्ने सम्बन्धमा विशेष नियमको व्यवस्था गरिएको छ। उड्ययन कानुन अनुसार आपत्तकालीन अवस्थामा उडिरहेका विमानले इन्धन खसाल्न पाउँछन्। तर यो नियमले तोकिएको उचाइबाट निश्चित स्थानमा बाहेक अन्य स्थानमा इन्धन खसाल्न पाइदैन।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ