गायक निशान भट्टराईको कार दुर्घटनामा परी निधन

2020-01-14

काठमाडाैं - गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ। गएराति दरबारमार्गस्थित वान थाई रेस्टुरेन्टमा आफ्नो नियमित गायन प्रस्तुति सिध्याएर घर फर्किने क्रममा गायक भट्टराई दुर्घटनामा परेका थिए।

आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएकाे बताइएकाे छ। गम्भीर घाइते भट्टराईलाई लगत्तै उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यही उनको निधन भएको हो।

भट्टराईकाे निधनबारे विश्वमणि सुवेदी विमसुले फेसबुकमा लेखेका छन्, 'गम्भीर अवस्थामा उनलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएको थियो। तर, चिकित्सकहरुको रातभरको प्रयास असफल भयो। निशान अब हामीमाझ रहेनन्। साथी, तिमीलाई यही हातले श्रद्धाञ्जली लेख्नुपर्ने यो दिन एकदमै पीडादायी छ।'




थप समाचार


मौरीपालनबाट मासिक १ लाख कमाउँछन् डिलबहादुर

मौरीपालनबाट मासिक १ लाख कमाउँछन् डिलबहादुर

गलकोट - माहुरीको गुलियो मह र त्यही महजस्तै मिठो नाम डिलबहादुर । नाममात्रै होइन, काम पनि उस्तै प्रेरणादायक । जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरका डिलबहादुर खत्री ...

चितवनमा होम क्वारेन्टिनमा बसेका पुरुषको मृत्यु, कोरोना परीक्षणको तयारी

चितवनमा होम क्वारेन्टिनमा बसेका पुरुषको मृत्यु, कोरोना परीक्षणको तयारी

चितवन - चितवनको खैरहनीमा होम क्वारेन्टिनमा बसेका एक पुरुषको मृत्यु भएको छ । खैरहनी नगरपालिका-६ स्थित एक बोरा उद्योगमा काम गर्ने ३५ वर्षका एक पुरुषको ...

वीरगञ्जमा सेना, थुनुवा र पत्रकारसहित ३४ जनामा कोरोना संक्रमण

वीरगञ्जमा सेना, थुनुवा र पत्रकारसहित ३४ जनामा कोरोना संक्रमण

वीरगञ्ज - वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, थुनुवा र पत्रकार सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट ...




ट्रेन्डिङ