गायक निशान भट्टराईको कार दुर्घटनामा परी निधन

2020-01-14

काठमाडाैं - गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ। गएराति दरबारमार्गस्थित वान थाई रेस्टुरेन्टमा आफ्नो नियमित गायन प्रस्तुति सिध्याएर घर फर्किने क्रममा गायक भट्टराई दुर्घटनामा परेका थिए।

आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएकाे बताइएकाे छ। गम्भीर घाइते भट्टराईलाई लगत्तै उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यही उनको निधन भएको हो।

भट्टराईकाे निधनबारे विश्वमणि सुवेदी विमसुले फेसबुकमा लेखेका छन्, 'गम्भीर अवस्थामा उनलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएको थियो। तर, चिकित्सकहरुको रातभरको प्रयास असफल भयो। निशान अब हामीमाझ रहेनन्। साथी, तिमीलाई यही हातले श्रद्धाञ्जली लेख्नुपर्ने यो दिन एकदमै पीडादायी छ।'




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ