इराकस्थित अमेरिकी सैन्य अड्डामा रकेट आक्रमण, ४ जना घाइते

2020-01-13

एजेन्सी - इराकस्थित अमेरिकी एयरबेसमा फेरि आक्रमण भएकाे छ। इराकको अल बलदमा रहेको अमेरिकी एयरबेसमा आठवटा रकेटहरुले आक्रमण भएकाे बताइएकाे छ। घटनामा चारजना घाइते भएका छन्। घाइतेमध्ये दुई इराकी अधिकारी र दुई एयरमेन रहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

अल बलद बेस अमेरिकी वायुसेनाको मुख्य अड्डा हो। इराकले आफ्नो एफ १६ लडाकू विमान पनि यँही राख्छ।

इरान र अमेरिकाबीच तनाब बढेकै बेला अमेरिकी सैन्य अड्डामाथि हमला भएकाे हाे। समाचार एजेन्सी एएफपीका अनुसार यस हमलाकाे कसैले जिम्मेवारी लिएको छैन। यद्यपि अमेरिकाले इरान समर्थित समूहले आक्रमण गरेको आरोप लगाएको छ।




थप समाचार


संसदीय समितिमा परराष्ट्रमन्त्रीले भने: प्रधानमन्त्रीको चीन भ्रमणका एजेन्डा फाइनल भएका छैनन्

संसदीय समितिमा परराष्ट्रमन्त्रीले भने: प्रधानमन्त्रीको चीन भ्रमणका एजेन्डा फाइनल भएका छैनन्

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका कुनै पनि एजेन्डा अन्तिम चरणमा नपुगेको बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बिहान बसेको ...

मणिपुरमा फेरि हिंसा: २ जनाको मृत्यु, ५० जना घाईते

मणिपुरमा फेरि हिंसा: २ जनाको मृत्यु, ५० जना घाईते

काठमाडौं । भारतको मणिपुरमा फेरि हिंसा भड्किएको छ। जसमा परी दुई जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्।  मिडिया रिपोर्टका अनुसार सेनाको बर्दी ...

अमेरिकालाई पछि पार्दै संसारकै धनी देश बन्यो चीन

अमेरिकालाई पछि पार्दै संसारकै धनी देश बन्यो चीन

काठमाडौं - छिमेकी मुलुक चीनले महाशक्ति राष्ट्र अमेरिकालाई पछि पार्दै विश्वकै धनी मुलुक बनेको छ । पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीव्र गतिले बढिरहेको छ ...




ट्रेन्डिङ