एट्लेटिकोलाई हराउँदै रियलले जित्यो स्पानिस सुपर कपको उपाधि

2020-01-13

काठमाडौं - स्पानिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । मड्रिड डर्बी फाइनलमा रियलले एट्लेटिकोलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ट्रफी उचालेको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो । जसमा रियल ४–१ ले विजयी भयो । अतिरिक्त समयको २५ औं मिनेटमा रियलका फेडेरिक भेलभर्डले रातो कार्ड पाएका थिए ।

साउदी अरेबियाको किङ् अब्दुल्लाह सिटीमा भएको फाइनलमा रियलका लागि पेनाल्टी सुटआउटमा डानी कार्भाहल, लुका मोडरिच, रोड्रिगो र कप्तान सर्गियो रामोसले गोल गरे ।

एट्लेटिकोका लागि तेस्रो नम्बरमा पेनाल्टी हानेका किरण ट्रिपिएरले मात्र गोल गरे। त्यसअघि पेनाल्टी प्रहार गरेका सउल निगेज र थोमसले गोल गर्न सकेनन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ