बालुवाटार जग्गा प्रकरण : को-को बिरुद्ध मुद्दा दायर गर्दैछ अख्तियार ?

2020-01-13

काठमाडौँ - बालुवाटार जग्गा प्रकरणमा अख्तियारले राजनीतिक नेतृत्वलाई जोगाएर मुद्दा लैजाने तयारी गरेको छ । सरकारी जग्गा व्यक्तिको नाममा लैजाने काममा तत्कालीन उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदारसमेत जोडिएका थिए । सरकारी जग्गा व्यक्तिको नाममा लैजाने गरी मन्त्री गच्छदारले नै मन्त्रिपरिषद्मा प्र्रस्ताव लगेका थिए । त्यही प्रस्तावलाई टेकेर मन्त्रिपरिषद्ले गरेको निर्णयबाट सरकारी जग्गा व्यक्तिको नाममा पुगेको थियो । तर, किर्तेमा संलग्न कर्मचारी र जग्गा कारोबारीविरुद्ध मात्र मुद्दा लैजाने तयारी गरेको अख्तियार स्रोतले जनाएको छ । अख्तियारले बालुवाटार जग्गा प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याइसकेको छ । केही दिनमै विशेष अदालतमा मुद्दा दर्ता गर्ने गरी तयारी आयोगको छ ।

आयोगका एक उच्च अधिकारीका अनुसार यो मुद्दामा राजनीतिक नेतृत्वविरुद्ध अभियोग दायर हुने सम्भावना न्यून छ । मन्त्रिपरिषद्का निर्णय आयोगले हेर्न नपाउने व्यवस्थाका आधारमा राजनीतिक नेतृत्वलाई जोगाउन लागिएको छ ।

आयोगले आफ्नै पूर्वप्रमुख आयुक्त दीपकुमार बस्न्यात, भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ, मुख्य विचौलियाहरू रामकुमार सुवेदी, शोभाकान्त ढकालसहित एक सयभन्दा धेरैविरुद्ध मुद्दा दर्ता गर्दैछ । सरकारी जग्गा व्यक्तिको नाममा नामसारी हुँदा संलग्न सबै जग्गाधनीविरुद्ध मुद्दा दर्ता हुँदैछ । यस्तै, सरकारी जग्गा व्यक्तिको नाममा लैजान संलग्न नापी र मालपोतका कर्मचारी, त्यस्तो जग्गा पहिलोपटक किन्ने जग्गाधनीविरुद्ध पनि मुद्दा दर्ता हुँदैछ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ