बेलायती राजदूत इरानमा पक्राउ

2020-01-13

तेहरान - इरानका लागि बेलायती राजदूत तेहरानमा तीन घण्टाका लागि पक्राउ परेका छन् । युक्रेनी विमान दुर्घटनाका पीडितले गरेको श्रद्धाञ्जली सभा तथा प्रदर्शनमा सहभागी भएको भन्दै राजदूत रब मकेयरलाई पक्राउ गरिएको बताइएको छ । बेलायतले भने यस्तो घटनालाई अन्तर्राष्ट्रि कानुनको ठाडो उल्लंघन भन्दै आपत्ति जनाएको छ ।

विदेशमन्त्री डोमिनिक राबले विज्ञप्ति निकाल्दै इरानले विना जानकारी र विना कारण आफ्ना राजदूतलाई पक्राउ गरेकोमा विरोध जनाएको हो । ‘तेहरानमा विना कारण हाम्रा राजदूतको पक्राउ गरिनु अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन हो,’ विदेशमन्त्री राबले जनाएका छन् ।

अमेरिकी फौजको आक्रमणमा इरानी कमाण्डर कुसाम सुलेमानी मारिएपछि इरानमा आक्रोश बढेको छ । यससँगै युक्रेनी विमान दुर्घटनामा इरानले ‘भूलवश् खसेको’ प्रतिक्रिया दिएपछि पीडितले कारवाहीको माग गरेका छन् ।

सोही घटनाका मृतकका आफन्त तथा पीडितले तेहरानमा प्रदर्शन गरेका छन् । जहाँ बेलायती राजदूत पनि सहभागी भएको इरानी पक्षले जनाएको छ । साथै प्रदर्शनलाई भड्काएकोमा पक्राउ गरिएको इरानी अधिकारीहरुले जनाएका छन् ।




थप समाचार


स्पेनका पूर्वराजाद्वारा देश छाड्ने घोषणा

स्पेनका पूर्वराजाद्वारा देश छाड्ने घोषणा

एजेन्सी - स्पेनका पूर्वराजा हुँवा कार्लोसले देश छाड्ने निर्णय गरेका छन्। भ्रष्टाचारको आरोप लागेका ८२ वर्षीय पूर्वराजाले देश छाड्ने निर्णय गरेको त्यहाँको राजदरबारले जनाएको छ। ...

क्यामरुनमा बोको हरामको आक्रमणमा परि कम्तीमा १८ सर्वसाधारणको ज्यान गयो

क्यामरुनमा बोको हरामको आक्रमणमा परि कम्तीमा १८ सर्वसाधारणको ज्यान गयो

क्यामरुन - क्यामरुनको सुदुर उत्तरी क्षेत्रमा बोको हराम नामक सशस्त्र विद्रोही समूहले गरेको आक्रमणका क्रममा कम्तीमा पनि १८ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ। सो ...

चिनियाँ राष्ट्रपतिको आलोचना गर्ने प्राध्यापक पक्राउ

चिनियाँ राष्ट्रपतिको आलोचना गर्ने प्राध्यापक पक्राउ

एजेन्सी - चीनको राजधानी बेइजिङमा प्रहरीले सोमबार राष्ट्रपति सी जिनपिङका कडा आलोचक जू झंगरुनलाई उनको घरबाट पक्राउ गरेको छ । जू शिघुवा युनिभिर्सिटीमा कानूनका प्राध्यापक ...




ट्रेन्डिङ