बेलायती राजदूत इरानमा पक्राउ

2020-01-13

तेहरान - इरानका लागि बेलायती राजदूत तेहरानमा तीन घण्टाका लागि पक्राउ परेका छन् । युक्रेनी विमान दुर्घटनाका पीडितले गरेको श्रद्धाञ्जली सभा तथा प्रदर्शनमा सहभागी भएको भन्दै राजदूत रब मकेयरलाई पक्राउ गरिएको बताइएको छ । बेलायतले भने यस्तो घटनालाई अन्तर्राष्ट्रि कानुनको ठाडो उल्लंघन भन्दै आपत्ति जनाएको छ ।

विदेशमन्त्री डोमिनिक राबले विज्ञप्ति निकाल्दै इरानले विना जानकारी र विना कारण आफ्ना राजदूतलाई पक्राउ गरेकोमा विरोध जनाएको हो । ‘तेहरानमा विना कारण हाम्रा राजदूतको पक्राउ गरिनु अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन हो,’ विदेशमन्त्री राबले जनाएका छन् ।

अमेरिकी फौजको आक्रमणमा इरानी कमाण्डर कुसाम सुलेमानी मारिएपछि इरानमा आक्रोश बढेको छ । यससँगै युक्रेनी विमान दुर्घटनामा इरानले ‘भूलवश् खसेको’ प्रतिक्रिया दिएपछि पीडितले कारवाहीको माग गरेका छन् ।

सोही घटनाका मृतकका आफन्त तथा पीडितले तेहरानमा प्रदर्शन गरेका छन् । जहाँ बेलायती राजदूत पनि सहभागी भएको इरानी पक्षले जनाएको छ । साथै प्रदर्शनलाई भड्काएकोमा पक्राउ गरिएको इरानी अधिकारीहरुले जनाएका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ