न्यायाधीशहरुको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

2020-01-13

काठमाडाैं - न्याय परिषद्ले गत मंसिर १७ गते गरेको जिल्ला न्यायाधीशहरुको नियुक्ति त्रुटीपूर्ण भएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।

न्याय परिषद्लाई विपक्षी बनाइ उपन्यायाधिक्ता हरिशंकर ज्ञवालीले आइतवार दायर गरेकाे रिट निवेदनमा कानुन विपरीतकाे सो निर्णय न्यायपालिकाको गरिमा र प्रतिष्ठालाई बचाइ राख्नको लागि बदर गर्न माग गरिएको छ।

रिट निवेदनमा नेपालको संविधानले न्याय सेवामा कार्यरक्त कर्मचारीबाट पदपूर्ति गर्दा ज्येष्ठता, योग्यतालाई प्रमुख आधार बनाउनुपर्ने भनिएकोमा कर्मचारीबाट जिल्ला न्यायाधीश नियुक्तिको सिफारिस गर्नुपरेमा उक्त आधारको कुनै मूल्याङ्कन नै नगरी स्वेच्छा चारी र हचुवाको किसिमले नियुक्त गरेको उल्लेख छ।

न्याय सेवामा कार्यरत कर्मचारीको समग्र मूल्याङ्कन गरी पुनःनियुक्तिका लागि सिफारिस हुन सक्ने हुँदा पहिलाको निर्णयलाई बदर गरी स्वतन्त्र, निष्पक्ष र पारदर्शी ढङ्गले न्यायाधीश नियुक्ति गर्न माग गरिएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ