देउवा, पौडल र सिटौलाबीचको छलफल सकारात्मक

2020-01-13

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीचको छलफल सकारात्मक दिशामा अघि बढेको छ। सभापति देउवा निवास बुढानीलकण्ठमा आइतबार साँझ देउवा, पौडेल र सिटौलाबीच पार्टीभित्र देखिएको विवाद सहमतिबाट हल गरेर जाने निष्कर्षमा पुगेको हो।

आफूहरूसँग परामर्श नै नगरी केन्द्रीय समितिले १४औं महाधिवेशनको कार्यतालिका ल्याएको भन्दै पौडेल र सिटौला समूहको दुरी पार्टी संस्थापनसँग बढेको थियो। सो दुरी कम गर्न सभापति देउवाले छलफल डाकेका थिए।

बैठकमा सहभागी पार्टी केन्द्रीय सदस्य रमेश लेखकका अनुसार सहमतिबाटै अघि बढ्ने निष्कर्षमा छलफल टुंगिएको छ।

'पार्टी वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौलाबीच सभापति निवासमा भएको छलफल सकारात्मक दिशामा अघि बढेको छ। सहमतिबाटै अघि बढ्ने कुरा भएको छ,' केन्द्रीय सदस्य लेखकले भने।

देउवाले विधान मिचेर विभाग बढाएको, सदस्यता सम्बन्धी धारा निलम्बन गरेको भन्दै निर्णय सच्याउन पौडेल र सिटौला समूहले माग गर्दै आएका छन्।

१४औं महाधिवेशन कार्यतालिका सार्वजनिक, नेपाल तरुण दल र नेविसंघको म्याद थपलगायतका विषयमा समेत पौडेल र सिटौला समूहको असन्तुष्टि छ।

पौडेल समूहको पुस २१ गतेदेखि पार्टी कार्यालय सानेपामा भएको जिल्ला सभापतिहरूको भेलाले सहमतिका आधारमा निर्णय गर्न सभापति देउवालाई सुझाव दिएको थियो।

तीन दिन बसेको भेलापछि सभापति देउवाले जिल्ला सभापतिसँग छलफलसमेत गरेका थिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ