तारुकामा माघे सङ्क्रान्तिको दिन २१ हल गोरु जुधाउने तयारी

2020-01-13

नुवाकोट - तारुकामा माघे सङ्क्रान्तिको दिन २१ हल गोरु जुधाइने भएको छ। माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थाको आयोजनामा आइतवार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष भोजबहादुर भण्डारीले मेला सफल बनाउनका लागि सहयोग गर्न आग्रह गरे। तारकेश्वर गाउँपालिका वडा नं ३, चन्दनीमामा आगामी माघ १ गते आयोजना हुने गोरु जुधाइ मेला आयोजना गर्न गाउँपालिका, नेपाल पर्यटन बोर्डलगायतबाट सहयोग प्राप्त भएको आयोजकले जनाएको छ।

मेलामा जित्ने गोरुका धनीलाई नगदसहित पुरस्कृत गरिने भएको छ। विभिन्न स्थानमा छरिएको गोरु जुधाइ परम्परालाई २०६२ सालदेखि एकै थलामा गाउँभरिका गोरु भेला गरी जुधाउन थालिएपछि यहाँको गोरु जुधाइ परम्पराले अहिले मेलाको स्वरुप ग्रहण गरेको छ।

नुवाकोटमा तारुकासँगै बेत्रावती, पञ्चकन्याको घलेभञ्ज्याङ, तादीको सातबिसे, लिखुको कट्टीछापलगायत स्थानमा पनि गोरु जुधाइ हुने गरेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ