नेपाल एयरलाइन्सको ३२ वर्षे पुरानो बोइङ विमान बेच्यो

2020-01-12

काठमाडौं - नेपाल एयरलाइन्सको ३२ वर्षे पुरानो बोइङ ७५७ नाइन एसी बी जहाजको बिक्री सम्झौता सम्पन्न भएको छ। निगमले सन् १९८७ मा खरिद गरेको बोइङ जहाज पोल्यान्डको एसबिएस एयरक्राफ्ट एन्ड लिजिङ कम्पनीले खरिद गरेको हो। निगम प्रवक्ता गणेशचन्द्र ठकुरीका अनुसार जहाज बिक्री सम्झौतामा हस्ताक्षर भएको छ। कम्पनीले ५७ लाख १० हजार अमेरिक डलरमा जहाज खरिद गरेको हो।

जहाज खरिदका लागि ३ वटा कम्पनीको आवेदन परेको थियो। बोइङ खरिदका लागि दुई वटा अमेरिकी कम्पनी र एउटा पोल्यान्डको कम्पनीले आवेदन दिएका थिए। अमेरिकी कम्पनी एभियोन र एमके एभिएसनका साथै पोल्यान्डको सिएसबिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीले खरीदका लागि आवेदन दिएका थिए।

आवेदन दिएका कम्पनी मध्ये लिलामी प्रक्रियाबाट पोल्यान्डको सिएसबिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीले बाजी मारेको थियो।

निगमले पहिलो पटक ७६ लाख ७६ हजार अमेरिकी डलर अर्थात् ८७ करोड ५० लाख रुपैयाँलाई आधारमूल्य तोकेको थियो। तर, दुई पटकसम्मको टेन्डरमा कुनै पनि कम्पनीले आवेदन नदिएपछि तेस्रोपटक लिलामी जहाज बिक्रीका लागि सूचना जारी गरिएको थियो।

अन्तिमपटक जहाज बिक्रीका लागि ४२ लाख ५० हजार अमेरिक डलर आधार मूल्य ताकेर सूचना भएको थियो। सोही सूचनाको आधारमा पोल्यान्डको कम्पनीले जहाज खरिद गरेको ठकुरीले जानकारी दिए। ‘कम्पनीसँग खरिद सम्झौता भएको छ, ’उनले भने, ‘जहाज फेब्रुअरीसम्म नलगेमा सम्झौताअनुसारको रकम पनि जफत हुन्छ।’ जहाजको उडान आयु फेब्रुअरीसम्म मात्रै रहेको छ।

निगकले दुई वर्ष अगाडि पनि बोइङ ७५७ बीबी एयरबेजलाई १५ करोड रुपैयाँमा बिक्री गरेको थियो। उक्त जहाजको नेपाल नागरिकउड्डयन प्राधिकरणले रजिष्ट्रेसन रद्द गर्दै कबाडीमा बिक्री गर्नुपर्ने गरी बीबीलाईको स्वामित्व हस्तान्तरण गरिसकेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ