नेकपाको दलगत स्वार्थले प्रतिनिधिसभालाई बन्धक बनायो : कांग्रेस

2020-01-12

काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभालाई सत्तारुढ दलले बन्धक बनाएको भन्दै आपत्ति जनाएको छ। नेपाल कम्युस्टि पार्टी (नेकपा)ले सभामुखकाे उम्मेदवार चयन गर्न नसकेका कारण संसद बैठक पटक-पटक सारिएपछि कांग्रेसले आपत्ति जनाएकाे हाे। नेपाल लाइभसँग कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने,‘ प्रतिनिधिसभा बैठक रोक्नलाई नेकपाले हदै गरिहेको छ। दलगत स्वार्थका कारण संसदलाई बन्धक बनाउन पाइँदैन।’

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अकर्मण्यता आपत्तिजनक रहेको बताउँदै उनले दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई निरन्तर बनाउने कार्यप्रति आपत्ति जनाएका हुन्। जनताको आस्थाको थलो प्रतिनिधिसभा रहेकाे उल्लेख गर्दै नेकपाकाे बन्धनबाट तत्काल मुक्त गर्न आग्रह गरे।

सभामुख हुने व्यक्ति टुंग्याउन नेकपा असमर्थ हुँदा त्यसकाे क्षति प्रतिनिधिसभाले बेहोर्न परिरहेको उनले बताए। ‘पार्टीले व्यक्ति टुंगो लगाउन नसकि अनिर्णीत हुँदा त्यसको मार प्रतिनिधिसभालाई पार्न हुँदैन,’ उनले भने।

पुस ४ गतेदेखि बोलाइएको प्रतिनिधिसभा तीन पटक कार्यसूचिमै प्रवेश नगरी स्थगित गर्दै आइएको छ। आइतबारका लागि बोलाइएको बैठक माघ ६ को लागि सारिएको छ। उपसभामुख शिवमाया तुङम्बाहाङ्फेले राजीनामा दिन अस्वीकार गरेपछि नेकपाले सभामुखको टुंगो लगाउन सकेको छैन।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ