प्रदेश ३ काे स्थायी राजधानी हेटौंडा तोकियो, नाम 'बाग्मती' कायम

2020-01-12

काठमाडौं - प्रदेश तीनको नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम भएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकले प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको हो ।

प्रदेश ३ को आइतबार बसेको संसद बैठकले हेटौंडा प्रस्तावलाई बहुमतका आधारमा पारित गरेको हो। हेटौंडाको पक्षमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, राप्रपा, राप्रपा (संयुक्त)ले मत दिएका थिए।

काभ्रेको धुलिखेल प्रस्ताव राखेको विवेकशीलको प्रस्ताव अस्विकृत भएको छ। काभ्रेको पक्षमा विवेकशील दलबाट रमेश पौडेल, विराजभक्त श्रेष्ठ र साझा पार्टीकी शोभा शाक्यले मत दिएका थिए। विवेकशील र साझाले प्रदेशको नाममा भने समर्थन गरेका छन्।

पार्टी केन्द्रको निर्देशनअनुसार नेकपाका सांसदले राजधानी हेटौंडा कायम गर्न मत दिएका थिए। दुई तिहाइ मतका आधारमा कायम हुने प्रदेश राजधानीका लागि कांग्रेसले समेत साथ दिएको थियो। प्रदेश ३ मा नेकपाको मात्रै ८० सांसद छन्। कांग्रेसको २२ सांसद छन्। प्रस्ताव पारित हुन ७४ मत आवश्यक थियो।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ