सभापति देउवालाई जिल्ला सभापतिले बुझाए पाँच बुँदे सुझाव

2020-01-10

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजधानी रहेका पार्टीका जिल्ला सभापतिसँग बिहीबार आफ्नै निवास बूढानीलकण्ठमा ‘लन्च मिटिङ’ गरेका छन्।

असन्तुष्ट पक्षको आयोजनामा कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित तीन दिने भेलामा सहभागी जिल्ला सभापतिलाई देउवाले निवासमै भेट दिएका हुन्। तीन दिनको भेलापछि देउवा निवास बूढानीलकण्ठ पुगेका जिल्ला सभापतिले देउवालाई पाँच बुँदे सुझाव बुझाएका छन्।

जिल्ला सभापतिको भेला संस्थापन पक्षबाट भएका एकपक्षीय निर्णय सच्चाउन संगठित दबाब दिने निष्कर्षसहित बुधबार सम्पन्‍न भएको थियो। भेलामा भएको छलफलको विषय र सुझावसमेत समेटेर लिखित रुपमा सभापति देउवालाई सभापतिले परामर्शपत्र बुझाएका हुन्। पत्रमा पाँच बुँदा समेटिएका छन्।

देउवाले जिल्ला सभापतिको भेलालाई आफूले सकारात्मक रुपमा लिएको र त्यहाँ भएको छलफल र सुझावलाई आफूले गम्भीरतापूवर्क लिएको बताएका छन्। उनले संवाद गरेर सहमतिका आधारमा अघि बढ्न आफू तयार रहेको र सबै मिलेर पार्टीलाई एकढिक्का र सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। भेटघाटमा सभापति देउवासहित उपसभापतिद्वय विमलेन्द्र निधि र विजय गच्छदार र महामन्त्री पूर्णबहादुर खड्कालगायत सहभागी थिए।

नेपाली कांग्रेसका काठमाडौं जिल्ला सभापति सबुज बानियाँले पार्टीलाई सहमति र सहकार्यका रुपमा अगाडि बढाउन र गलत निर्णय सच्याउन सबै जिल्ला सभापतिले देउवालाई सुझाव दिएको जानकारी दिए।

‘पार्टी संस्थागत रुपमा अगाडि जानुपर्छ। विधान संशोधन र महाधिवेशनको कार्यतालिका बहुमतमा होइन सहमतिका आधारमा गर्नुपर्छ । विधानले दिएका अधिकार निलम्बनको निर्णय सच्याउनुपर्छ भन्ने सुझाव दिएका छौँ’, काठमाडौं जिल्ला सभापति बानियाँले भने, ‘सुझावप्रति पार्टी सभापति देउवा सकारात्मक देखिनु भएको छ। हाम्रो सुझाव सुनेपछि उहाँले पार्टीलाई एकढिक्का बनाएर लान सबै एकजुट हुनुपर्ने बनाउनु भएको छ ।’

भेलामा सहभागी अधिकांश नेता तथा जिल्लासभापतिले गुटबन्दीले पार्टी तहसनहस भएको, सभापति देउवा आफ्नो गुट बलियो बनाउन लागेको, सहमतिमा भन्दा पनि एकपक्षीय रुपमा निर्णय गर्न थालेको आरोप लगाउँदै पुस ११ गते निर्णय सच्चाउनुपर्ने माग राखेका थिए।

 

बहुमत जिल्ला सभापति सहभागी भएको भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्‍त्री सशांक कोइराला, प्रकाशमान सिंह, डा रामशरण महत, अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला, बलबहादुर केसीलगायतका नेताले सम्बोधन गरेका थिए।




थप समाचार


नेकपाका शीर्ष नेताहरुबीचको वार्ता सांझा ५ बजे

नेकपाका शीर्ष नेताहरुबीचको वार्ता सांझा ५ बजे

काठमाडौं - पार्टी विवाद मिलाउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताबीच आज मंगलबार पनि भेटवार्ता हुने भएको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली, अर्का अध्यक्ष ...

ओली-प्रचण्ड भेट आजलाई सकियो, भोलि फेरी छलफल हुने

ओली-प्रचण्ड भेट आजलाई सकियो, भोलि फेरी छलफल हुने

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुबीच बालुवाटारमा भएको छलफल सकिएको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ ...

नेपालसँगकाे छलफलपछि प्रचण्ड र झलनाथ ओलीलाई भेट्न बालुवाटारमा

नेपालसँगकाे छलफलपछि प्रचण्ड र झलनाथ ओलीलाई भेट्न बालुवाटारमा

काठमाडाैं - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालबीच छलफल भएकाे छ। प्रचण्ड निवास खुमलटारमा उनीहरुबीच साेमबार बिहान करिव ...




ट्रेन्डिङ