सोलेमानीको अन्त्येष्टिमा भागदौड मच्चिंदा ३५ को मृत्यु, ४८ घाइते

2020-01-08

तेहरान - इरानमा कुसाम सोलेमानीको अन्त्येष्टिका क्रममा भागदौड हुँदा कम्तिमा ३५ जनाको मृत्यु भएको छ । कर्मन सहरमा भएको अन्त्येष्टिका क्रममा लाखौं मानिस सहभागी थिए । अनियन्त्रित भीडका बीच भागदौड हुँदा यस्तो घटना भएको हो । जहाँ ४८ जना घाइते भएका छन् । स्थानीय मिडियाका अनुसार लाखौं मानिस सोलेमानीको अन्त्येष्टिमा सहभागी छन् ।

इरानी कुद्स फोर्सका कमाण्डर सोलेमानी गत शुक्रबार अमेरिकी आक्रमणबाट इराकमा मारिएका थिए । मंगलबार उनको अन्त्येष्टिको क्रममा सहभागी मानिस चिच्याउँदै र भाग्दै गरेको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल बनेको छ ।

भिडियोमा देखिए अनुसार कर्मन सहरको अधिकांश भाग सोलेमानीका मलामीहरुले ढाकिएको छ । सोलेमानीको शवका अघि उभिएर इरानी नेता अयोतल्याह खमेनीले आँशु चुहाएका थिए ।
यस्तै सोलेमानीकी छोरीले शोकसभालाई सम्बोधन गर्दै अमेरिकालाई चेतावनी दिएकी थिइन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ