भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा नकाबधारी समूहको आक्रमण, १८ विद्यार्थी घाइते

2020-01-06

काठमाडौं - भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)मा नकाबधारी समूहले आक्रमण गरेको छ । आइतबार साँझ भएको आक्रमणबाट जेएनयू छात्र संघका अध्यक्ष आईसी घोषसहित १८ विद्यार्थीहरु घाइते भएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार मुखमा मास्क लगाएका ५० जनाभन्दा बढी आक्रमणकारीका हातमा फलामे डण्डी र लठ्ठी थियो । उनीहरुले क्याम्पस र छात्राबासमा घुसेर आक्रमण गरेका थिए । घाइतेहरुलाई अस्पताल पुर्‍याउनका लागि सात वटा एम्बुलेन्स प्रयोग गरिएको थियो ।

अहिले स्थिति प्रहरी नियन्त्रणमा छ । जेएनयूको मुख्य गेटमा उल्लेख्य संख्यामा प्रहरीहरु तैनाथ छन् । विद्यार्थीहरुले विश्वविद्यालय गेट बाहिर र दिल्ली प्रहरी मुख्यालय बाहिर विरोध प्रदर्शन गरेका छन् । विश्वविद्यालयमा भएको हिंसाको विरोधमा मध्यरातमा मुम्बईको गेटवे अफ इण्डियामा पनि अन्य कलेजका विद्यार्थीहरु भेला भएर प्रदर्शन गरेका छन् ।

विश्वविद्यालय प्रशासनले आक्रमणको निन्दा गर्दै दोषी पहिचान गरी कारबाही गर्न प्रहरीसमक्ष माग राखेको छ । गृहमन्त्री अमित शाहले पनि घटनाको अनुसन्धान गरी आवश्यक कदम चाल्न निर्देशन दिएका छन् ।

जनवरी १ तारिखदेखि विश्वविद्यालयमा शीतकालीन सत्र सुरु भएको थियो । त्यसपछि विद्यार्थीहरुको रजिष्ट्रेशनको काम भइरहेको थियो । रजिष्ट्रेशनको समर्थन र विरोध गर्ने विद्यार्थीहरुबीच मतभेद थियो । यही विषयलाई लिएर ५ जनवरीको दिन दिउँसो विद्यार्थीहरुबीच झडप भएको थियो । त्यसपछि साँझ नकाबधारी समूहले छात्राबासमा प्रवेश गरी आक्रमण गरेको विश्वविद्यालय प्रशासनले जनाएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ