कांग्रेसमा देउवाइतर समूहले बाेलायाे जिल्ला सभापतिहरुको भेला

2020-01-06

काठमाडाैं - नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज जिल्ला सभापतिहरुको भेला बोलाएको छ। सभापति शेरबहादुर देउवा पक्षले बहुमतको आधारमा केन्द्रीय समितिबाट निर्णय गरेपछि संस्थापन पक्षको निर्णयविरुद्ध जिल्ला सभापतिको भेला बोलाइएको हाे। जिल्ला सभापतिहरुबाट परामर्श लिनका लागि भेला बोलाइएको केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए।

महाधिवेशनकाे मिति तय, भातृ संस्थाको कार्यकाल थप, विभागको संख्या बढाउने केन्द्रीय समितिको निर्णयलाई पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला पक्षले विरोध गर्दै आएका छन्। पौडेल पक्षको गत साताको बैठकले जिल्ला सभापतिहरुको भेला गर्ने निर्णय गरेको थियो।

केन्द्रीय कार्यालयमा भेला डाकिएको छ। परामर्श बैठकमा ५२ जिल्ला सभापतिहरुको सहभागिता हुने नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले बताए। भेलामा सिटौला पक्षका जिल्ला सभापतिसमेत उपस्थित हुने बताइएको छ।

भेलाको पहिलो चरणमा शीर्ष तहका नेताले पार्टीभित्रको पछिल्लो गतिविधि बारे जानकारी गराउने छन्। त्यस लगत्तै जिल्ला सभापतिहरुले आफ्नो धारणा तथा सुझाव बैठकमा राख्नेछन्। जिल्ला सभापतिहरुको भेला बिहान ११ बजे सुरु हुनेछ।




थप समाचार


पार्टी भित्र देखिएको गतिरोध हटाउन देउवा तयार !

पार्टी भित्र देखिएको गतिरोध हटाउन देउवा तयार !

काठमाडौँ - केन्द्रीय कार्यसमितिको बैठकमा २६ मंसिरदेखि देखिएको गतिरोध हटाउन बुधबार कांग्रेस शीर्ष नेताबीच छलफल भएको छ । सभापति शेरबहादुर देउवा गतिरोध हटाएर सहमतिमा अघि बढ्न ...

नेकपा सदस्यता नवीकरण तीन महिनाभित्र गर्नुपर्ने

नेकपा सदस्यता नवीकरण तीन महिनाभित्र गर्नुपर्ने

काठमाडौं - आगामी ०७७ चैत मसान्तभित्र एकता महाधिवेशन गर्ने प्रस्ताव पार्टीमा गरेको सत्तारुढ दल नेकपाले संगठित सदस्यता नवीकरण र अभिलेखीकरणका लागि तीनमहिने कार्यविधि तय गरेको ...

देउवा, पौडल र सिटौलाबीचको छलफल सकारात्मक

देउवा, पौडल र सिटौलाबीचको छलफल सकारात्मक

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीचको छलफल सकारात्मक दिशामा अघि बढेको छ। सभापति देउवा निवास बुढानीलकण्ठमा ...





ट्रेन्डिङ