अमेरिकी वेबसाइट इरानी समूहबाट ह्‍याक, इरानका ५२ ठाउँमा हमला गर्ने अमेरिकी धम्‍की

2020-01-06

वासिङटन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि नयाँ किसिमको हतियार प्रयोग गर्ने चेतावनी दिएका छन्। आइतबार एक ट्वीट गर्दै इरानले अमेरिकी क्षेत्र वा कुनै अमेरिकीलाई आक्रमण गरे नयाँ हतियारले जवाफ दिने चेतावनी दिएका हुन्। तर कुन हतियार हो भन्ने कुरा भने उनले बताएका छैनन्।

'विश्वमा हामी सबभन्दा ठूलो र अत्यन्तै राम्रा छौँ', ट्रम्पले लेखेका छन्, 'यदी इरानले अमेरिकी क्षेत्र वा कुनै अमेरिकीमाथि आक्रमण गरे त्यसको जवाफ कुनै हिचकिचाहटबिना नयाँ हतियारबाट दिनेछौँ।' अमेरिकाले सैन्य हतियारमा दुई ट्रिलियन डलर खर्च गरेको समेत बताएका छन्।

यसअघि ट्रम्पले शनिबार इरानले अमेरिकाको कुनै सम्पत्तिमा आक्रमण गरे उसको ५२ स्थानलाई निशाना बनाई आक्रमण गर्ने चेतावनी दिएका थिए । अमेरिकाले शुक्रबार इरानका विशेष सैन्य प्रमुख कुसाम सोलेमानीको हवाई आक्रमण गरी हत्या गरेपछि इरानले त्यसको जवाफ दिने बताएको थियो । इरानको सोही चेतावनीको प्रतिक्रिया स्वरूप ट्रम्पले ट्वीटमार्फत अभिव्यक्ति सार्वजनिक गरेका हुन्।

अमेरिका-इरान तनावसँगै मध्यपूर्वी एसियामा युद्धको खतरा देखिएको छ। अमेरिकाले मध्यपूर्वी एसियामा ३ हजार सेना पठाउने निर्णयले पनि यस्तो खतरा उत्पन्न भएको हो ।

लिबियाको सैनिक क्याम्पमा हमला : २८ जना मारिए
त्रिपोली : लिबियाको राजधानीस्थित सैनिक प्रशिक्षण केन्द्रमा आक्रमण हुँदा २८ जनाको मृत्यु भएको छ । त्रिपोलीस्थित स्वास्थ्य मन्त्रालयले यस्तो जानकारी गराएको हो । शनिबार यस ठाउँमा हवाइ हमला भएको बताइएको छ । जहाँ २८ जना ‘क्याडेट’ मारिएका हुन् । साथै दर्जनौँ घाइते छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता अमिन अल हसेमीका अनुसार क्याडेटहरु परेड खेल्न मैदानमा तयारी रहँदा आक्रमण भएको थियो । लिबियामा पछिल्लो समय हवाइ हमलाका घटना बढ्दो छ ।

कोलम्बियामा निर्माणाधिन भवन भत्किँदा ३६ को मृत्यु
कोलम्बिया : कोलम्बियाको तटीय सहर केपस्थित एउटा निर्माणाधिन भवन भत्किँदा ३६ जनाको मृत्‍यु भएको छ । अरु २३ जना घाइते छन् । गेस्ट हाउसका लागि बनाइँदै गरेको भवन भत्किएको हो ।

जहाँ मृत्यु हुने सबै कामदार र तिनका परिवार हुन् । अधिकारीका अनुसार साततले भवन भत्किँदा कामदार च्यापिएर अड्कीएका थिए । राजधानी नोम पेनबाट १ सय ६० किलोमिटर टाढा पर्ने केप सहरमा यस्तो घटना भएको हो । स्थानीय मिडियाका अनुसार घटनास्थलमा रहेका बालबालिका सहित ५९ जना सुरक्षित छन् ।

इरानी समूहले ह्याक गर्‍यो अमेरिकी सरकारी वेबसाइट
तेहरान : आफूलाई ह्याकर भन्ने इरानी एक समूहले अमेरिकी सरकारी वेबसाइट ह्याक गरेको छ । उक्त समूहले इरानी कमाण्डर कुसाम सुलेमानीको हत्याको बदला लिएको भन्दै यस्तो गरेको जनाएको छ ।

‘फेडरल डिपोजिटरी लाइब्रेरी प्रोग्रामको’ वेबसाइटलाई ह्याक गर्दै ‘इरानीयन ह्याकर्स’ पेज स्थानान्तरण भएको छ । जहाँ इरानी नेता अयोतल्लाह अली खमेनी र इरानी झण्डा वेबसाइटमा देख्न सकिन्छ ।

साथै वेबसाइट खोल्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको मुखमा इरानी मुड्कीले हिर्काएपछि रगत आएको तस्बिर देखिन्छ । 'यो इरानको साइबर सक्षमताको सानो भाग मात्रै हो,' वेबसाइटको कालो पृष्ठभुमिमा सेतो अक्षरले लेखिएको छ ।

गत शुक्रबार इराकको बगदादमा अमेरिकी हवाइ हमलाबाट इरानी कमाण्डर सुलेमानीको हत्या भएको थियो । त्यसपछि नै अमेरिका र इरानबीच द्वन्द्व चर्किँदै गएको छ । दुबै देशका नेताहरुले जवाफी हमला गर्ने चेतावनी दिँदैआएका छन् । सुलेमानी बगदादस्थित अमेरिकी अधिकारीमाथि आक्रमण गर्ने योजनामा रहेको दावी ट्रम्पको छ । अमेरिकी आक्रमणपछि इरानले अमेरिकामाथि आक्रमण गर्ने जनाएको छ भने अमेरिकाले पनि ५२ ठाउँमा आक्रमण गर्ने चेतावनी दिएको छ ।

अष्ट्रेलियाका अग्नि पीडितप्रति सेलिब्रिटीको सहानुभूति
सिड्नी : साउदी मोडेल शनिना शइकले इन्स्टाग्राममा तस्बिर सार्वजनिक गर्दै अष्ट्रेलियाको आगलागी पीडितप्रति ऐकवद्धता व्यक्त गरेकी छन् । उनी हुर्किएको ठाउँ भएकाले पनि अष्ट्रेलियाको घटनाप्रति उनले सहानुभुति देखाएकी छन् ।

अष्ट्रेलियामा पछिल्लो केही सातादेखि आगलागीका कारण भिषण क्षति भइसकेको छ । करोडौँ पशुपंक्षि मरेका छन् । मोडेल शनिनाले आफ्नै शरीरमा कंगारुको पेन्टिङ गर्दै उक्त घटनाप्रति सहानुभुति देखाउन तस्बिर सार्वजनिक गरेकी छन् ।

उनले त्यस्तो तस्बिर देखाउँदै यस घटनाप्रति हृदयविदारक अभिव्यक्ति पनि दिएकी छन् । 'म आफ्नो देश विनाशकारी आगोमा जल्दै गरेको देख्न हरेक दिन उठ्छु । अष्ट्रेलियन जनावर जल्दै गरेका तस्बिर पोस्ट गर्ने मुटु मसँग छैन,' उनले लेखेकी छन् ।

पछिल्लो रिपोर्ट अनुसार अष्ट्रेलियाको आगलागीमा ५० करोड जति पशुपंक्षिको ज्यान गएको छ । आइतबार मात्रै अष्ट्रेलियन अभिनेता निकोल किडम्यानले ५ लाख अमेरिकी डलर चन्दा सहयोग दिने घोषणा गरेका छन् ।

यो सहयोग न्यु साउथ वेल्सका वासिन्ताको लागि भएको उनले बताएका छन् । यसअघि शनिबार बेलायती रानी एलिजावेथ र नाती ह्यारीले अग्नि नियन्त्रकलाई धन्यवाद दिँदै घटनाप्रति दुख व्यक्त गरेका थिए ।

यस्तै अष्ट्रेलियन कमेडियन सेलेस्ट बार्बरले पनि जनावरको उद्धार र पीडितका लागि आर्थिक सहायता संकलन गरेका छन् । यसवाहेक पप गायक पिंकले स्थानीय अग्नि नियन्त्रकलाई ५ लाख डलर सहायता गरे ।

र्‍यापर इग्गी अजलीले पनि इन्स्टाग्राममा तस्बिर पोस्ट गर्दै आर्थिक सहायताको अपिल गरे । यसवाहेक पनि विभिन्न देशमा रहेका सेलिब्रिटीले सामाजिक सञ्जालमा लेख्दै तथा फोटो पोस्ट गर्दै घटनाप्रति सहानुभुति प्रकट गरेका छन् । साथै उनीहरुले सहयोगका लागि अपिल गरेका छन् ।

बुर्किना फासोमा स्कुले बालबालिका चढेको बसमा विस्फोट
बुर्किना फासो : बुर्किना फासोको उत्तरी क्षेत्रस्थित स्कुले बालबालिका बोकेर गुडिरहेको बसमा विस्फोट गरिँदा सात बालबालिका सहित १४ जनाको मृत्यु भएको छ । यहाँको सरकारले विज्ञप्ति निकाल्दै आइतबार यसबारे जानकारी दिएको छ ।

शनिबारको उक्त विस्फोट कसले गराएको भन्ने विवरण आइसकेको छैन । बसमा जम्मा १ सय ६० यात्रु थिए । सरकारी विज्ञप्ति अनुसार विस्फोटमा १९ जना घाइते छन् । जसमध्ये तीनजनाको अवस्था गम्भीर छ । मालीको सीमा नजिकै पर्ने सोउरु प्रान्तमा यस्तो घटना भएको हो । जुन क्षेत्रमा आईएसका लडाकुले दुई वर्षयता निरन्तर हमला गर्दैआएका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ