के-के गरे यौन उन्मुख अपराध हुन्छ ?

2020-01-06

काठमाडौँ - कसैले आफ्नो पति वा पत्नीबाहेक अन्य व्यक्तिलाई निजको मञ्जुरीबिना करणीका आसयले समाते वा निजको संवेदनशील अंग छोए वा छुन प्रयास गरे, निजको भित्री पोसाक खोले वा खोल्ने प्रयास गरे, निजले लगाउने भित्री पोसाक लगाउन वा फुकाल्न कुनै किसिमले बाधाअवरोध गरे वा निजलाई अस्वाभाविक रूपमा कुनै एकान्त ठाउँमा लगे, यौनसम्बन्धी आफ्नो अंग निजलाई छुन, समाउन लगाए, निजसँग अश्लील वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक, लिखित वा सांकेतिक रूपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरे, अश्लील चित्र वा तस्बिर देखाए, यौनका आसयले जिस्क्याए वा हैरानी दिए वा निजसँग अस्वाभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरे निजले यौन दुव्र्यवहार गरेको मानिने भनिएको छ। अश्लील चित्र वा तस्बिर देखाए, यौनका आसयले जिस्क्याए, हैरानी दिए, निजसँग अस्वाभाविक र अमर्यादित व्यवहार गरे पनि संहिताले यौन दुव्र्यवहार भनेको छ। संहितामा यी अपराध प्रत्यक्ष क्रियाकलापमा आधारित हुन्।

विधेयकको दफा ८७ ले कसैले विद्युतीय प्रणालीका माध्यमबाट मात्रै पनि यौनशोषणको मनसाय राखे, त्यस्तो मनसायसहित प्रस्ताव राखे वा भेट्न खोजे वा प्रलोभन देखाएर उक्साए कठोर दण्डसजायको व्यवस्था गरेको छ। विधेयकले यस्तो कसुरको मात्रा हेरी १० लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षसम्म कैद वा दुवै सजाय हुने भनेको छ। वैयक्तिक विवरण संकलन गर्न नहुने, गोपनीयता भंग गर्न नहुने, कसैको अनुमतिबिना कसैको सूचना, फोटो र नक्सा लिन नहुनेजस्ता प्रावधानसहित कडा दण्डसजायको व्यवस्थासमेत विधेयकमा छ।




थप समाचार


अब म्यासेन्जर प्रयोग गर्न फेसबुक एकाउन्ट अनिवार्य

अब म्यासेन्जर प्रयोग गर्न फेसबुक एकाउन्ट अनिवार्य

एजेन्सी - अब म्यासेन्जर प्रयोग गर्न फेसबुक एकाउन्ट अनिवार्य चाहिने भएको छ । फेसबुकको नयाँ अपडेट अनुसार, अब प्रयोगकर्ताहरूले मेसेन्जर, भेंचरबिट नोट प्रयोग गरेर साथीहरूसँग च्याट ...

गायक रामकृष्ण ढकाल र नीलम शाह बिच सम्बन्धविच्छेद

गायक रामकृष्ण ढकाल र नीलम शाह बिच सम्बन्धविच्छेद

काठमाडौं - चर्चित गायक गायक रामकृष्ण ढकाल र पत्नी नीलम शाहले सम्बन्ध विच्छेद गरेका छन्। बुधबार काठमाडौं जिल्ला अदालतमा उनीहरुले सम्बन्ध विच्छेद गरेका हुन्। न्यायाधीश विदुर ...

राम लिम्बुलाई कोच दिपको टिमबाट 'स्टिल' गरेर ल्याएका थिए प्रमोदले !

राम लिम्बुलाई कोच दिपको टिमबाट 'स्टिल' गरेर ल्याएका थिए प्रमोदले !

काठमाडौं - ‘द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनको उपाधि राम लिम्‍बुले जितेका छन्। शनिबार काठमाडौंको चुच्चेपाटीमा भएको ग्राण्ड फिनालेमा उनले सबैभन्दा धेरै भोट ल्याएर ‘द ...





ट्रेन्डिङ