अमेरिकाले इरानी सैन्य कमाण्डर मारिदिएपछी उत्पन्न तनावबारे चीन र रुसीबीच छलफल

2020-01-06

एजेन्सी - अमेरिकी सेनाको कारवाहीमा इराकको राजधानी बग्दादको अन्तरराष्ट्रिय विमानस्थलनजिकै शुक्रबार एक इरानी सैन्य कमाण्डर मारिएपछि यस विषयले खाडी क्षेत्रमा तनाव बढाएको बताइएको छ।

अमेरिकी सेनाको विशेष कारवाहीमा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख कमाण्डर कासिम सुलेमानी मारिएपछि यस विषयमा खाडी तथा त्यस बाहिर पनि यस विषयमा व्यापक मात्रामा चर्चा चलेको बताइएको छ। उक्त घटनापछि अमेरिका र खाडी देशबीचको तनाव थप बढेको तथा अमेरिका र इरानले एक आपसमा आक्रमणका धम्की नै दिइरहेका पनि विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यमले इराकको राजधानी बगदादबाट जनाएका छन्।

त्यस आक्रमणपछि विकसित परिस्थितिका बारेमा चिनियाँ र रुसी विदेशमन्त्रीबीच आइतबार फोनवार्ता भएको बताइएको छ। सो विषयमा चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी विदेशमन्त्री सर्गेइ लाभरोभबीच फोनवार्ता भएको बताइएको छ। उनीहरुबीच इरानी कमाण्डर मारिएपछि इराक र इरानसहित खाडी क्षेत्रमा देखा परिरहेको अवस्थाका बारेमा कुराकानी भएको हाे।

उनीहरुले यस विषयमा आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा पनि कुराकानी गरेका समाचारमा जनाइएको छ। यस घटनाले आफूहरुको ध्यानाकर्षण हुन पुगेको उनीहरुले बताएका छन्।

मारिएका सुलेमानीलाई अमेरिकाले विगतदेखि नै ‘आतङ्ककारी’ समूहको नाइके भएको बताउँदै आएको थियो। यो आक्रमण अमेरिकाको तयारीमा नै भएको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै उनको हत्याको निर्देशन दिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले बताएको छ।

उक्त अमेरिकी आक्रमणपछि इरानका सर्वाेच्च नेताले अमेरिकी आक्रमणमा आफ्नो सेनाको जनरल मारिएपछि यस घटनाको कडा रुपमा बदला लिने चेतावनी दिएपछि परिस्थिति झन तनावपूर्ण बन्दै गएको हो।

इरानी सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल सुलेमानी मारिएपछि अमेरिकाका विरुद्ध बदला लिने बताएका थिए।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानले अमेरिकी नागरिक र उसको सम्पत्तिमाथि आक्रमण गरे इरानमाथि नै कडा हमला गर्ने बताएका छन्। उनले चेतावनी दिँदै भनेका छन्,'इरानले अमेरिकी नागरिक र सम्पत्तिमा आक्रमण गरे त्यस विरुद्धको जवाफी आक्रमण गर्न अमेरिका तयार छ र इरानका महत्वका ५२ वटा स्थानको पहिचान गरिसकेको छ।'




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ