८५ हात्तीलाई सौराहामा वनभोज खुवाइयो

2020-01-02

सौराहा - सौराहामा जारी १६औं चितवन हात्ती महोत्सवअन्तर्गत बुधबार हात्तीलाई वनभोज खुवाइएको छ। महोत्सवको कार्यक्रममध्ये हात्तीको वनभोज निकै आकर्षक मानिन्छ।

आयोजक क्षेत्रीय होटल संघ सौराहा चितवनका अनुसार वनभोजमा ८५ वटा हात्ती सहभागी भएका थिए। वनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइन्छ। धेरै हात्तीलाई एकै ठाउँमा जम्मा गरी उनीहरूलाई मनपर्ने खानेकुरा, फलफूल, बन्दा, उखु, फर्सी, गाजर आदि खान दिइएको क्षेत्रीय होटल संघ सौराहा चितवनका उपाध्यक्ष तथा खेल संयोजक अञ्जनकुमार पाण्डेले जानकारी दिए।

उनले वनभोजमा चितवन राष्ट्रिय निकुञ्ज र निजीरूपमा पालिएका हात्तीहरू सहभागी भएको बताए। हात्ती वनभोज कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले विशेष मौका परी वनभोज खुवाउँदा हात्तीप्रतिको सम्मान झल्कने र सकारात्मक सन्देश जाने बताए।

हात्तीका यस्ता गतिविधि हेर्न स्वदेशी तथा विदेशी पर्यटकहरुको सौराहामा ठूलो भीड लाग्ने गरेको छ। नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष शुभारम्भसँगै जारी हात्ती महोत्सवलाई महत्वका साथ लिइएको छ।

क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा शुक्रबारसम्म बाघमारा सामुदायिक वनको चौरमा महोत्सव सञ्चालन हुँदैछ। यस वर्षको महोत्सवको नारा ‘हात्ती मेरो साथी’ भन्ने तय गरिएको छ। लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिनुका साथै महोत्सवमा हात्तीसँग सम्बन्धित गतिविधि समावेश गरिनेछ।

महोत्सवमा हात्ती वनभोजसँगै हात्ती ‘फास्टवाक’ प्रतियोगिता, हात्तीका छावाहरुको रोमाञ्चकारी फुटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीपोलो, हात्ती पेन्टिङ प्रतियोगिताका साथै प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम आयोजना भइरहेको हात्ती महोत्सवका संयोजक एवं क्षेत्रीय होटल संघका वरिष्ठ उपाध्यक्ष राममणि खनालले जानकारी दिए। रासस




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ