सभामुखको टुंगो लगाउन नेकपा सचिवालय बैठक आज

2020-01-02

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिहीबार बस्दैछ। बैठक बेलुका ४ बजेका लागि बोलाइएको एक सचिवालय सदस्यले जानकारी दिए।

नेकपाले सभामुखको उम्मेदवार चयन लगाउन सकेको छैन। बिहीबार बस्ने बैठकले सभामुखको उम्मेदवार तय गर्न सक्ने छ।

मंगलबार मात्रै दुई अध्यक्षहरु केपी शर्मा ओली र पुषपकमल दाहाल प्रचण्डबीच भेटवार्ता भए पनि सभामुखको उम्मेदवार टुंगो लगाउन सकेका थिएनन्।

सभामुखमा अध्यक्षद्वयको आआफ्नै दाबी छ। उनीहरुले क्रमशः सुवास नेम्वाङ र अग्नि सापकोटालाई सभामुख बनाउन चाहेका उनीहरु निकटका नेताहरुले बताउने गरेका छन्।

त्यस्तै, उपसभामुख शिवमाया तुम्बाहाङ्फे अर्की दाबेदार हुन्।

बिहीबारको सचिवालय बैठकमा आगामी केन्द्रीय कमिटी बैठकको एजेन्डाको विषयमा पनि छलफल हुने बताइएको छ।

पछिल्लो स्थायी कमिटी बैठकले पुस २३ गतेका लागि केन्द्रीय कमिटी बैठकको मिति तय गरेको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ