पोखरा प्रिमियर लिगको फाइनलमा आज चितवन र विराटनगर भिड्दै

2019-12-28

पाेखरा - दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार चितवन राइनोज र विराटनगर टाइटन्स स्पर्धामा उत्रिँदैछन्।

अघिल्लो संस्करणमा उपविजेतामा सीमित चितवन तथा गत वर्ष पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको विराटनगर दुवै टोली शनिबार फाइनल खेलमा मैदानमा उत्रिँदा पीपीएलको पहिलो उपाधिको खोजीमा हुनेछन्। चितवनले जारी प्रतियोगितामा उत्कृष्ट खेल पस्किँदै समूह चरणका पाँचवटै खेलमा अपराजित रहँदै फाइनलमा प्रवेश गरेको हो भने विराटनगरले प्लेअफमा पुग्न कठिन सङ्घर्ष गर्नुपरेको थियो।

नेट रनरेटमा काठमाडौँभन्दा अघि रहँदै प्लेअफमा बुटवललाई पराजित गरेर विराटनगर प्रतियोगिताको फाइनल प्रवेश गरेको हो। लिग चरणका पाँच खेलमध्ये तीन खेलमा विराटनगर पराजित भएको थियो भने दुई खेलमा जित हासिल गर्न सफल भयो। तर, पछिल्ला दुई खेलमा भने विराटनगरले राम्रो शुरुआत गरेको छ।

समूह चरणमा चितवनसँग १८ रनले पराजित भएको विराटनगरलाई फाइनलमा हारको बदला लिँदै पहिलो फ्रेञ्चाइज लिगको उपाधि उचाल्ने अवसर प्राप्त भएको छ। पोखरा रङ्गशालामा फाइनल खेल अघिको पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तानले आफ्नो तर्फबाट गल्ती कम गर्दै उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिने बताए। दुवै टोली यस वर्षको पहिलो फ्रेञ्चाइज लिग क्रिकेटको उपाधि जितेर सुखद् शुरुआतको तयारीमा रहेका छन्।

चितवनका कप्तान पारस खड्काले पाँच खेलमा हासिल गरेको सफलतालाई फाइनलमा समेत निरन्तरता दिने गरी स्पर्धामा उत्रिने लक्ष्य रहेको बताए। 'फाइनललाई सहज रुपमा लिएका छैनौँ, विगतमा के भयो कस्तो रिजल्ट आयोभन्दा पनि भोलि कसरी राम्रो गर्न सक्छौँ भन्नेमा हामी केन्द्रित छौँ।' खड्काले भने।

दुवै टोलीले पछिल्लो समय राम्रो क्रिकेट खेलिरहेको तथा एक-अर्कालाई हराउन सक्षम रहेकाले खेल प्रतिस्पर्धात्मक हुने खड्काले उल्लेख गरे। राष्ट्रिय टोलीका पूर्वकप्तान रहेका खड्काले विगतमा विदेशी खेलाडीको प्रभाव प्रतियोगितामा रहने गरे पनि यसपटक स्थानीय तथा विदेशी सबै खेलाडीले राम्रो गरिरहेको तथा स्थानीय खेलाडीको प्रदर्शन बढ्ता राम्रो रहनु देशका लागि शुभ सङ्केत भएको बताए।

विराटनगरका कप्तान प्रदीप ऐरीले फाइनल खेल्ने टोली बलियो रहेको तथा आफ्नो टोलीले पछिल्ला खेलमा सुधार गरिरहेकाले मैदानमा गल्ती कम गर्दै उपाधि जित्ने गरी खेल्ने बताए। फ्रेञ्चाइज लिगको पहिलो फाइनल खेल्दै गरेकाले टोलीका सम्पूर्ण खेलाडी उत्साहित रहेको बताउँतै उनले भने, 'मेरो कप्तानीमा पहिलो पटक फाइनल खेल्दा उत्साहित छु। गल्ती कम गर्दै उपाधि जित्ने गरी खेल्नेछौँ।'

प्रतियोगिता आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्वी लामाले प्राकृतिक वातावरणमा हिमश्रृङ्खलालाई साक्षी राखेर खेल्ने अवसर विश्वका अन्य मुलुकमा नरहेको बताउँदै क्रिकेट पूर्वाधार निर्माणका लागि राज्यले काम अघि बढाउनुपर्ने बताए। आवश्यक पूर्वाधार निर्माण गर्न सकेको खण्डमा पोखराको रङ्गशाला ‘तटस्थ मैदान‘का रुपमा विकास हुने र अन्तर्राष्ट्रिस्तरका प्रतियोगिता यहाँ सञ्चालन हुने धेरै सम्भावना रहेको उनले औँल्याए।

पीपीएलले क्रिकेटको जग बसाल्न सहयोग पुगेको चर्चा गर्दै लामाले गत वर्ष रु ४६ लाख खर्च गरेर तयार गरेको मैदानमा साग खेलकुदलगायतका प्रतियोगिता सम्भव भएकाले थप व्यवस्थित गर्न सरकारी निकायबाट लगानी हुनुपर्ने उल्लेख गरे।

मंसिर २९ गतेदेखि शुरु भएको प्रतियोगिताको विजेताले रु २७ लाख तथा उपविजेताले रु १० लाख पुरस्कार पाउनेछन्। उत्कृष्ट खेलाडी, ब्याट्सम्यान तथा बलर गरी तीन जनालाई जनही एक/एक थान टीभीएस मोटरसाइकल प्रदान गरिने छ। प्रतियोगिताको ‘मोस्ट भ्यालुयबल’ खेलाडीलाई रु एक लाख तथा ‘इमर्जिङ’ खेलाडीलाई रु ५० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

चितवन र विराटनगरसहित साविक विजेता पोखरा पल्टन, बुटवल ब्लास्टर्स, काठमाडौँ गोल्डेन वारियर्स र एक्सपर्ट धनगढी ब्लुज गरी देशका विभिन्न छ शहरका छ टोलीले प्रतियोगितामा सहभागितामा जनाएका थिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ