चिसो अझै बढ्ने, शून्य डिग्रीसम्म झर्न सक्ने प्रक्षेपण

2019-12-27

काठमाडौँ - अझै केही दिन देशभरको तापक्रम घट्ने भएको छ । आकाशमा कुहिरो, हुस्सु, तुवाँलो कम लागेकाले अझै चिसो बढ्ने अनुमान गरिएको हो । ‘अहिले मौसम सक्रिय भई बादल लाग्ने वा अरु कुहिरो हुस्सु थप बढ्ने सम्भावना छैन ।

आकाश जति खाली हुन्छ त्यति धेरै चिसो बढ्छ,’ जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका मौसमविज्ञ मीनकुमार अर्यालले भने, ‘काठमाडौंलगायत पहाडी, हिमाली क्षेत्रमा मौसम सफा छ । तराई क्षेत्रमा भने बिहान कुहिरो, दिउँसो तुवाँलो छ ।’

यस साताभर न्यूनतम २ डिग्रीदेखि शून्य डिग्रीसम्म चिसो झर्न सक्ने प्रक्षेपण गरिएको छ । तराईमा दुई सातादेखि बिहान कुहिरो र दिउँसो तुवाँलोले गर्दा नियमित घाम लाग्न सकेको छैन । ‘तराईमा शीतलहर चलेको छैन ।

पछिल्लो १०/१५ दिनदेखि छिनछिनमा घाम लाग्ने–नलाग्ने भइरहेको छ,’ अर्यालले भने । काठमाडौंमा बिहीबार शून्य दशमलव ९ डिग्री तापक्रम पुगेको छ । जुम्लामा माइनस ७ डिग्री, जिरीमा न्यूनतम माइनस ३ दशमलव ५ डिग्री, दाङ र जोमसोममा शून्य डिग्री, डडेलधुरामा १ दशमलव ७ डिग्री पुगेको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ