नेकपाको स्थायी समिति बैठकमा प्रचण्डले आज जवाफ दिने

2019-12-21

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिने भएका छन्। मंसिर २९ देखि बसेको स्थायी समितिको बैठकमा सदस्यहरूले उठाएका प्र्श्नको जवाफ अध्यक्ष प्रचण्डले आज दिने भएका हुन्।

स्थायी समिति सदस्यहरूले पार्टी एकीकरण प्रक्रिया ढिलो सकिएको, सरकार प्रभावकारी हुन नसकेको प्रश्न उठाएका छन्। अमेरिकी सहयोग परियोजना ( एमसीसी) को विषयमा भने पार्टी नेताहरू स्पष्ट दुई धारमा देखिएका छन्।

नेताहरुको सुझाव अनुसार अध्यक्ष प्रचण्डले परिमार्जन सहितको प्रतिवेदन तयार गरेको बताइएको छ। प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलबाट उठेका विषय सम्वोधन गरी प्रतिवेदन तयार भएको बताइएको छ।

प्रचण्डको जवाफअघि महासचिव विष्णु पौडेलले स्थायी समिति बैठकमा आफ्नो धारणा राख्नेछन्। स्थायी समिति बैठक आजबाट सकिने बताइएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ