नागरिकता कानुनको विषयले लखनऊमा हिंसा भड्कियो, ८ जिल्लामा इन्टरनेट बन्द

2019-12-20

एजेन्सी - भारतमा नागरिकता कानुनलाई लिएर भएकाे हिंसात्मक प्रदर्शनको प्रभाव उत्तर प्रदेशमा पनि देखिएकाे छ। लखनऊमा हिंसा भडकेपछि मेरठ, गाजियाबाद, मुजफ्फरनगर, अलीगढ़, बरेली, प्रयागराज र सम्भल जिल्लामा इन्टरनेट सेवा २४ घण्टाका लागि बन्द गिरएकाे छ।

नागरिकता संशोधन ऐनको विरुद्धमा देशभर हिंसात्मक प्रदर्शनका घटना भएका छन्। उत्तरपूर्वी राज्यहरूमा सुरु भएको हिंसाको प्रभाव अब उत्तर प्रदेशमा पनि पुगेको छ। राज्यका विभिन्न जिल्लाहरुमा हिंसात्मक झडपका घटनाहरु भएका छन्।

नक्कली समाचार र उत्तेजक समाचारहरू हिंसात्मक प्रदर्शनको प्रमुख कारण मानिएकाे छ। सामाजिक सञ्जालमा नागरिकता कानुनको बारेमा झूटा अफवाह फैलिएको बताइएकाे छ। जसको कारण मानिसहरू हिंसात्मक प्रदर्शन गरिरहेका छन्।

पूर्वी र पश्चिमी उत्तर प्रदेशका धेरै जिल्लाहरू यस्तै हिंसाको घेरामा परेका छन्। आजतकका अनुसार स्थानीय प्रशासन अफवाहहरू रोक्न सतर्क छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ