संसदको हिउँदे अधिवेशन आजबाट, उपसभामुखले अध्यक्षता गर्ने

2019-12-20

काठमाडौं - आजदेखि संघीय संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ। अपराह्न ४ बजे दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक बस्ने संसद् सचिवालयले जनाएको छ।

दुवै सदनकाे बैठककाे सुरुमा राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् आह्वानसम्बन्धी पत्र बाचन गरेर सुनाइने कार्यक्रम छ।

प्रतिनिधिसभा बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाम्फेले गर्नेछिन्। महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका कारण सभामुख पद पूर्ति हुन बाँकी रहेकाले उपसभामुख तुम्बाहाम्फेले बैठकको अध्यक्षता गर्न लागेकी हुन्।

प्रतिनिधिसभा नियमावली ०७५ काे उपदफा (६)मा प्रत्येक बैठककाे प्रारम्भ र अन्त्य सभामुखले गर्ने प्रावधान छ। तर सचिवालयले संविधानकाे धारा ९१ काे उपधारा (४) मा टेकेर उपसभामुख तुम्बाहाम्फेकाे अध्यक्षतामा बैठक सञ्चालन गर्ने तयारी गरेकाे हाे। संविधानकाे उक्त धारामा सभामुखकाे अनुपस्थितिमा उपसभामुखले प्रतिनिधिसभाकाे अध्यक्षता गर्ने उल्लेख छ। संविधानकाे प्रावधानलाई नियमावलीले काट्न नसक्ने तर्क गर्दै सचिवालयले यस्ताे तयारी गरेकाे हाे।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ