तराईको कुहिरो भोलिसम्म, एक-दुई स्थानमा शीतलहरको सम्भावना

2019-12-19

काठमाडौं - मौसम विज्ञान विभागले तीन दिनको मौसम विवरण सार्वजनिक गरेको छ। तराई क्षेत्रमा चिसो बढेको भन्दै त्यसको असरबाट बच्ने उपाय अपनाउन जल तथा मौसम विज्ञान विभागले सम्बन्धित क्षेत्रका बासिन्दालाई अनुरोध गरेको छ।

तराईका अधिकांश क्षेत्रमा लागेको हुस्सु र कुहिरो शुक्रबारसम्म कायम रहने र घाम नलाग्ने भएकाले चिसो बढ्ने विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विभागले प्रकाशन गरेको तीन दिने मौसम बुलेटिनमा अहिले देशको तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको र चिसो बढेको उल्लेख छ। विशेषगरी पश्चिमी तराईमा बाक्लो हुस्सु लागेको र कठ्यांग्रिने जाडो कायम रहेको छ।

विभागले चिसोले विशेषगरी वृद्ध, बालबालिकालाई असर गर्ने र कतिपय अवस्थामा ज्यानैसमेत जाने सम्भावना हुने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन आग्रह गरेको छ।

तुलनात्मक रूपमा पश्चिमी तराईमा भन्दा पूर्व र मध्य तराईमा चिसो केही कम हुने विभागनको अनुमान छ।

महाशाखाले बिहीबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ- तराईका अधिकांश भूभागमा देखिएको कुहिरो भोलिसम्मै रहिरहने देखिएको छ। साथै पश्चिमी तराईका एक-दुई स्थानमा शीतलहरको स्थिति देखिएको छ।

अहिले काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा पनि हल्काफुल्का कुहिरो लागेको छ।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ