प्रधानमन्त्री ज्यु ! 'कृषि क्रान्ति' तथा जनतालाई 'आर्थिक दासता'बाट यसरी मुक्त गर्न सकिन्छ !

2019-12-18

लेखक :ओमप्रकाश न्यौपाने
पूर्ब उप-सचीव शिक्षाप्रशासन समूह
( मो .नं.9847984984)

हेलो सरकार,
प्यारा प्रधानमन्त्रीज्यू,
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरु!

रुसमा लेलिनले जमिनदारहरुको जमिन कब्जा गर्नुभयो, खेत जोत्ने ट्रेक्टर, हलो, गोरु अन्य कृषि औजार समेत जफत गरेर किसानहरुलाई बितरण गर्नुभयो, कलकारखानाहरु मजदुरहरुको जिम्मा लगाउनुभयो, एबंरुपले चीनमा माओले जमिनदारहरुको जमिन कब्जा गर्नुभयो, गरीब किसानहरुलाई बितरण गर्नुभयो सच्चा कम्युनिस्ट बन्नुभयो र जनताले आर्थिक दासताबाट मुक्ति पाए । उत्पादनका साधन श्रमिक जनताको हातमा पुग्यो, उत्पादन वृद्धि भयो, देशको बिकास भयो।

मलाई राम्रो संगथाहा छ, बर्तमान सरकारले धेरै राम्रा काम गरेको छ तर पनि म प्रश्न गर्दछु ---गरीब जनतालाइ आर्थिक दासताबाट मुक्ति दिन के काम गर्‍यो ? समृद्धिको नाराले उत्साह ल्यायो । बिबिध काम पनि भए । तर जनताका घर घरमा खोइ त समृद्धिको पहुँच ? सम्मृद्धिको लागि आबश्यक पर्ने उत्पादन वृद्धि हो कि सयदिने रोजगार ???

रोल्पाको गंगादेब गाउपालिकाले कृषिमा एक करोड छुट्ट्याएर किसानहरुको माग अनुसार अठारहजार किबिका बिरुवा बितरण गरि साच्चिकै रोजगारी श्रीजना गरि जनतालाई आर्थिक दासताबाट मुक्ति दिदैछ । यस अघि त्यहाँका अगुवा कृषक इन्द्रबहादुर खत्री एक करोड को किबि बेच्ने तैयारीमा छ्न । उन्ले सरकारबाट केहि सहयोग पाएनछ्न । आज उन्कै पथानुगमन गरेर उक्त ठाउँमा गाउपालिकाले कसैलाइ बिदेश जान नपरेर आफ्नै माटोमा रमाएर आर्थिक दासताबाट मुक्ति दिलाउने ब्यबस्था गर्न पुगेको छ । अठारहजार किबिका बिरुवाले उत्पादन दिन शुरु गर्दा उक्त गाउमा बर्सेनि कम्तिमा अठार करोड भित्रीन्छ ।

प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजनाबाट पूर्बी रुकुममा बितरण हुने बीसहजार ओखरका बिरुवाको उत्पादन तिसकरोड बार्षिक हुन जान्छ । यस्तो कार्यक्रम बाट पो जनताले आर्थिक दासताबाट मुक्ति पाए रोजगारी पनि श्रीजना भयो ।

दाङको गढवा गाउपालिकाको गोबर्डिहा हडैयामा धादिङबाट गई महेशराज अधिकारीले रेशमकिराको खेती शुरु गरे । ऐले उक्त ठाउँमा रेशमकिराको खेती एकसय पचास बिघामा फैलिएको छ तथा द्रुतगतिमा फैलिने क्रममा छ । यसबाट रोजगारी श्रीजना एबं $ डलर आर्जन भैरहेको छ । कामको शुरुआतको श्रेय सरकारलाई होइन महेश अधिकारी भाइलाई छ । हाल आएर यस काममा प्रदेश सरकारबाट सपोट भैराखेको छ । उक्त सपोट र कार्यक्रम बिस्तार आक्रामक रूपमा हुन पर्‍यो ताकी निरास जनताहरुको अनुहारमा यही तीन बर्ष भित्रनै ठूलो परिबर्तन देखा परोस् । गढवामा महेशभाइलाई रेशमकिराको खेतिको शुरुआत गर्ने श्रेय जान्छ भने रोल्पामा किबि खेतिको शुरुआत गर्ने श्रेय इन्द्रबहादुर खत्रीलाई जान्छ नकि सरकारलाई ।प्रश्न = जनताले यति बाटो देखाउँदा सरकारी निकाय के गरेर बसेका छ्न त ??

क्रमशः समस्या राख्न जस्ले पनि सक्दछ तर समस्या राखेपछि समाधानका बाटाहरु पनि प्रस्तुत गर्नु बुद्धिमानी हुन्छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले बिगतमा त्यति राम्रो इमेज स्थापना गर्न सकेन । हुनत यस्को संबैधानिक पृष्ठभुमि उद्देश्य, रणनीति मैलो पढें तर जसरी सरकारले त्यहाँ १३ अरब ॠण लिएर यो काम गर्दैछ त्यो मोडालिटीमा सयदिने रोजगार दिएर बेरोजगारको सदाको समस्या समाधान पनि हुँदैन । यसबाट ॠण तिनुको त कुरा छोडौ ब्याज तिर्ने जति पनि उत्पादन हुँदैन ।

हामीलाई रोजगारीको स्थायी समाधान चाहिएको छ कि सयदिने जागिर ??? प्र.मं. रोजगार कार्यक्रमको संबैधानिक पृष्ठभूमि, उद्देश्य, रणनीति सबै ठिक छ । अब हामीले गर्ने के हो त, यस्को रोजगारी दिने मोडालिटी चेन्ज गर्ने मात्र हो, पैसा त्यही हो सेवा ग्राही हो । ब्याबहारिकरुपमा बिश्लेषण गर्दा हामी सबै अधिकांश नेपालीसंग जमिन छ । हजुर यस्मा सहमत हुनुहुन्छ ?? ( जमिन नभएकोमा पछि आउँछु)

कस्को जमिनमा के हुन्छ ?? माटो परीक्षणसहितको माग संकलन र शिफारिशको कार्य साबिकको जिल्ला कृषि बिकास कार्यालय हाल कृषि ज्ञान केन्द्रलाई दिन पर्दछ । माटो परीक्षण सबै जिल्लामा छैन । यो काम नं एकमा गर्न पर्दछ । भबन, टेलीफोन, फर्निचर सबै हामीसंग छदैछ मात्र विशेषज्ञ र प्रयोगशाला स्थापना गर्ने हो । स्थापना नहुँदा सम्म हामी किसान बोराका बोरा माटो बोकेर हामी किसान कहाँ दौडिन पर्दछ, दौडिन्छौ । सरकारले कार्यक्रम मात्र ल्याओस, अन्य उचस

उचाइ हाइट हावापानी हाम्रा जिल्लामा उपलब्ध कृषि बिशेषज्ञले नै हेर्नुहुन्छ । ब्याबहारिकरुपमा भन्न पर्दा हिमाली र पहाडी क्षेत्रमा भन्न पर्दा फलफूल जडिबुटी, टिमुर नै किन नहोस् तथा भेडा पालन वा किसानको माग आए अनुसार गर्न पर्दछ । भित्री मधेसमा दाङको गढवामा सफल भएको रेशमकिराको खेती, सुन कागति, अम्बा वा बिशेषज्ञ र कृषकको माग अनुसार अघि बढाइ तराईमा चीनमा प्रतिकठ्ठा छसय किलो उत्पादन भएको धान र अरु आबश्यकता अनुसारको काम गरेर रोजगारी श्रीजना गर्दै नेपाली जनतालाई आर्थिक दासताबाट मुक्ति दिउँ ।

फलफूलको खेती तर्फ हामी अघि बढ्ने भएकाले हामी जाम, जेली, जुस, वाइन उत्पादन तिर लागौ । स्मरण रहोस् इजराइलले अंगुर बाट वाइन उत्पादन गरी युएस्ए निर्यात गरिरहेको छ ।

अब रह्यो जोत्ने जमिन नभएका( कृपया बास नभएको कोही पनि छैन, समस्या अव्यवस्थित बसोबासको हो, घर, छाप्रो टिन समेत लगाएको छ तर लालपुर्जा छैन) लाई के गर्ने ? त्यही पैसाबाट एकसय दिनको रोजगारी होइन, तीन महिने तालिम दिने हो । स्मरण रहोस् भत्ताको लोभमा बजारमा ब्राह्मण, क्षेत्री, नेवारले पनि छाला सम्बन्धि तालीम लिएकाछ्न, यस्तो भूल कदापी नहोस् । देशभरका त्याइस ओटा शिल्पकार जातिले परंपरागत शीपमा आधारित छाला, सिलाइ, फलाम, सुनका तालिम आबश्यकता अनुसार कपाल कटाइ, अन्य तालीम संचालन गरि उनीहरू आफ्नो दक्षताबाट आर्थिक दासताबाट मुक्त हुन सक्ने यही तीन बर्ष भित्र बनाउनु पर्दछ ।
खसी बाख्राको क्वारेन्टाइन जाँचबाट हाम्रो खसी बाख्रा पालक साना किसान लाभान्वित भए झै जुत्ताको बिदेशी आयात रोकेर तालीम प्राप्तले सिलाएका जुत्त्तानै हामीले लगाउने बाताबरण श्रीजना गर्नु पर्दछ।

हेलो सरकार ,प्यारा प्रधानमन्त्री ज्यू, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष ज्यू तथा अन्य पदाधिकारी तथा सदस्य ज्यूहरु----

हामी नेपाली जनता प्यारा प्रधानमन्त्रीज्यूको पूर्ण स्वास्थलाभको कामना गर्दछौ । उहाँकै सक्रियतामा कति राजस्व छ्ल्नेलाइ अदालतको कठघरामा उभ्याएको, दीप बस्नेतजस्ताको सम्पत्ति शुद्धीकरण मार्फत काम अघि बढेको हामीलाई थाहा छ । अर्को बर्ष देखि हाम्रो भान्सामा ग्यासआउट हुन्छ, मेलम्चीको पानी पनि आउँछ, अब दुई महिना भित्र रेल पनि आउँछ । यसै सरकारबाट पूर्बपश्चिम रेलमार्गको डिपिआर पनि तैयार भै धमाधम मुआब्जा पनि बितरण भैरहेकाले आगामी दिनमा रेलमार्गको बिरोध गर्नेको सरकार आएछ्भने पनि रेल बिभागले बजेट माग्दछ काम अघि बढ्दछ् । उत्तरबाट आउने रेलमार्गको डिपिआर संझौता चीनका राष्ट्रपतिको भ्रमण रोक्नेबाट हुने थिएन र पेट्रोल खानीको खुदाइ पनि यो सरकारका देन हुन तथापि सयदिने रोजगारीका नाममा पैसा बाड्नेको हामी जनताको घोर आपत्ती छ ।

माथि भने अनुसारको शिल्पकार परिवार वा जोत्ने जमिन आफ्नो नभएकालाइ कस्तो सीप चाहिएको छ र कुन किसानको खेत पाखोमा कुन बिरुवा मल बीउ मागेको छ, त्यो दिन सकेमा रोजगारी पनि श्रीजना हुन्छ । जनता आर्थिक दासताबाट मुक्ति पाउँदछ्न, गरीबी निवारण हुन्छ । तपाईं जानुस् युएसए गएर आडु, नासपाती र पलमको हाइबृड बिरुवा ल्याउनुस, जापान गएर हलुवा बेद ल्याउनुस, (हाम्म्रो यहाँको हलुवाबेद टर्रो हुन्छ) टर्की गएर च्याङ्गडलर जातको ओखर ल्याउनुस, चीनमा गएर धान ल्याउनुस । स्मरण रहोस् कतिका हाइबृड क्रस = जस्तै स्याउ - आडु = बिकशीत आडु हाम्म्रा कृषि बैज्ञानिकले पनि उत्पादन गर्न सक्नुहुन्छ । मात्र लगानी र समय चाहिन्छ ।

तपाईं प्रशासन र प्राबिधिक कर्मचारी जानुस हामी किसानहरुलाई उपलब्ध गराउनुस । हामी किसान गाउँमा माटोसँग रमाएर नेपालआमालाई श्रीङ्गार गर्न पाउंँ।

हामी प्यारा प्रधानमन्त्रीका छोराछोरी जस्ता उहाँको समृद्धिको सपना यसरीनै साकार पार्न पाउँ । के मेरो कुरा सबै सामुन्ने पुर्‍याउने र छ्लफलमा ल्याइदिनुहुन्छ?? आशा छ मेरो सुझाव सयप्रतिशत लागू हुनेछ । नेपाल र नेपालीको भाग्य यो सरकारले यही तिनबर्षमा चम्काउने छ । आखिर योजना बनाउने योजनाबिदले सरोकारवाला (स्टेकहोल्डर) को माग अनुसार न योजना ल्याउने हो । म यौटा स्टेकहोल्डर हुँ, यो मेरो मात्र आबाज होइन, योजनाको पर्खाइमा बसेका तमाम किसान, मजदुर, शीपबिहिनहरुको आबाज हो । मैले नोकरी गरें पनि कृषि पेशा नछोडेको र सामाजिक संजालमा होस या देशबिदेश घुम्दा कृषिसम्बन्धि ज्ञान हासिल गर्ने मौका मिलिराछ ।

हवस् ऐलेलाइ बिदा " नेपाल जननिम् बन्दे" जय श्री पशुपतिनाथ।




थप समाचार


माओ दिवस : किन मनाउने ?

माओ दिवस : किन मनाउने ?

पूर्वीय प्रचलनमा जन्मदिन त्यति मनाउने गरेको पाइँदैन ! तर पश्चिमी जगतमा रहेको यो चलन अहिले पूर्वीय जगतमा, त्यो पनि विशेषगरि बच्चाबच्चीहरुमा निकै झाङ्गिएको छ ! ...

वैद्यको निष्कर्ष : प्रचण्ड ढुलमुले, बाबुराम विजातीय र विप्लवको गति नै गलत

वैद्यको निष्कर्ष : प्रचण्ड ढुलमुले, बाबुराम विजातीय र विप्लवको गति नै गलत

प्यूठान - नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले जनयुद्धमा सँगसँगै संघर्ष गरेका सारथी ढुलमुले, विजातीय र अस्पष्ट कार्यदिशा लिएर हिँडेको बताएका छन्। ...

कुसुण्डा कसरी यताको समाजमा बिलिन भए ? ज्ञानीमैया कुसुन्डाको भोगाई अनि यात्रा यस्तो छ !

कुसुण्डा कसरी यताको समाजमा बिलिन भए ? ज्ञानीमैया कुसुन्डाको भोगाई अनि यात्रा यस्तो छ !

कुसुन्डा भाषा जान्ने दुईजनामध्ये एक हुन् दाङकी ज्ञानीमैया कुसुन्डा । ज्ञानीमैैया जंगलमै जन्मिइन्, जीवनको एक दशक जंगलमै बिताइन् । अहिले उनलाई एउटै चिन्ताले सताएको छ– ...





ट्रेन्डिङ