बक्सिङमा स्वर्ण पदक जित्ने खेलाडीले पाउने भए जनही थप ४ लाख

2019-12-15

काठमाडाैं - १३औं दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग)मा बक्सिङमा स्वर्ण पदक जित्ने खेलाडीले थप रु चार लाख पुरस्कार पाउने भएका छन्।

यो उनीहरुले सरकारबाट पाउने रु नौ लाखभन्दा बाहेकको पुरस्कार रकम हो। १३औं सागमा नेपालका एक महिला तथा दुई पुरुष बक्सरले स्वर्ण पदक जितेका थिए।

नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेले रु एक लाख ५० हजार, नेपाल बक्सिङ सङ्घका मुख्य प्रशिक्षक प्रकाश थापामगरले रु एक लाख, नेपाल बक्सिङ सङ्घका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले रु एक लाख तथा नेपाल बक्सिङ सङ्घका पूर्वअध्यक्ष विष्णुगोपाल श्रेष्ठले जनही रु ५० हजार प्रदान गर्ने घोषणा गरेका हुन्।

यस्तै पूर्वबक्सिङ खेलाडी एवं राखेपका केन्द्रीय सदस्य राजेश गुरुङले स्वर्ण पदक प्राप्त बक्सिङ खेलाडीलाई एक एक तोला सुन प्रदान गर्ने बक्सिङ प्रशिक्षक डम्मरदत्त भट्टले जानकारी दिए।

१३औं सागमा ६४ किलो तौल समूहमा भूपेन्द्र थापामगर, महिलातर्फ ५४ किलो तौल समूहमा मिनु गुरुङ तथा ६० किलो तौल समूहमा सनिल शाहीले स्वर्ण पदक जितेका थिए।

नेपालले सन् १९९९ मा आठौँ सागमा बक्सिङमा दुई स्वर्ण, पाँच रजत र दुई कास्य गरी नौ पदक प्राप्त गरेको थियो। आफ्नो प्रदर्शनमा सुधार गर्दै नेपालले १३औँ सागमा बक्सिङमा तीन स्वर्ण, छ रजत तथा छ कास्य गरी १५ पदक प्राप्त गर्न सफल भएको प्रशिक्षक भट्टले बताए। रासस

 




थप समाचार


चेल्सीलाई हराउँदै आर्सनलले जित्यो एफए कपको उपाधि

चेल्सीलाई हराउँदै आर्सनलले जित्यो एफए कपको उपाधि

एजेन्सी - चेल्सीलाई हराउँदै आर्सनलले एफए कपको उपाधि जित्न सफल भएको छ । २–१ गोलको अन्तरले जीत हासिल गर्दै आर्सनलले कीर्तिमानी १४ औँ पटक उपाधि ...

सन्दीप क्यारेबियन लिग खेल्न बिहीबार जाने

सन्दीप क्यारेबियन लिग खेल्न बिहीबार जाने

काठमाडौं - सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न बिहीबार वेस्ट इन्डिजतर्फ प्रस्थान गर्ने भएका छन्। कोरोना भाइरसका कारण हवाइ सेवा बन्द हुँदा सन्दीपले सिपिएल खेल्ने ...

इटालियन सिरिएको उपाधि युभेन्टसले जित्यो

इटालियन सिरिएको उपाधि युभेन्टसले जित्यो

काठमाडौं - इटालियन सिरि ए फुटबलको उपाधि युभेन्टसले जितेको छ। आइतबार राति भएको आफ्नो ३६ औं खेलमा साम्पडोरियालाई २-० गोलअन्तरले पराजित गर्दै युभेन्टसले उपाधि जितेको ...




ट्रेन्डिङ