लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गर्न संसदीय समितिको निर्देशन

2019-12-14

काठमाडौं - संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले मिचिएका भूभाग समावेश गरि नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाइ निर्देशन गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय समितिको बैठकले लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा तत्काल सार्वजनिक गर्न निर्देशन दिएको हो ।

गृहमन्त्री रामबहादुर थापा र भूमि व्यवस्थामन्त्री पद्या अर्यालसँग छलफलपछि समितिले सीमा समस्या समाधान गर्न सरकारलाई ५ बुँदे निर्देशन पनि दिएको छ ।

समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा रहेका भारतीय सुरक्षा फौजलाई फिर्ता गर्नको लागि वार्ता गर्न पनि सरकारलाई निर्देश गरेको छ । त्यस्तै कालापानी क्षेत्रका नेपालीहरुलाई सहज आवत जावतका लागि बाटो र अन्य सेवा सुविधाको उपयुक्त व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ