सागमा आज १३ खेल हुँदै, क्रिकेट र फुटबलको फाइनल आजै

2019-12-09

काठमाडौं - १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा सोमबार (आज) विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ। खेल काठमाडौं, पोखरा र जनकपुरमा हुने छन्।

महिला फुटबल र आर्चरीका खेल पोखरामा हुनेछन् भने कुस्ती जनकपुरमा हुनेछ। अन्य बाँकी खेल काठमाडौंमा हुनेछन्। आज क्रिकेट, फुटबल, आर्चरी, बास्केटबल, बक्सिङ, फेन्सीङ, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस र कुस्तीमा प्रतिस्पर्धा हुनेछ।

महिला फुटबलको फाइनल खेल आज हुँदैछ। पोखरा रंगशालामा हुने फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ।

यस्तै क्रिकेट अन्तर्गत पुरुषतर्फको फाइनल खेल पनि आज नै हुनेछ। स्वर्णका लागि श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन्। यस्तै कास्य पदकका लागि नेपाल र माल्दिभ्सले प्रतिस्पर्धा गर्ने छन्।

कबड्डीतर्फ महिला र पुरुष दुवैको फाइनल खेल हुनेछ। पुरुषतर्फ भारतले श्रीलंकासँग खेल्नेछ। महिलामा नेपाल र भारतबीच खेल हुनेछ। बक्सिङमा विभिन्न स्पर्धाको फाइनल हुनेछ। आर्चरीमा एकल महिला तथा पुरुषको रिकर्भ र कम्पाउण्ड गरी ४ वटा स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुनेछ।

कुस्तीमा दुई स्वर्ण पदकका लागि खेल हुनेछ। जुडोमा ७ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। फेन्सिङमा तीन स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। जारी प्रतियाेगितामा भारत पहिलाे र नेपाल दाेस्राे स्थानमा कायमै छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ